लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा तिलोत्तमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

IMG
तिलोत्तमा, साउन २७ गते २०८०। अन्तराष्ट्रिय युवा दिवसको अवसर पारी रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा युवाहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दिगो बिकास लक्ष्य प्राप्तिमा युवाको साथ् नव प्रवर्तन र उद्धमशिलतामा हरित सिप बिकास भन्ने मुल नाराका साथ नगरपालिकाको सहभाहलमा सम्पन्न कार्यक्रममा युवा सिप रोजगारी र उद्धमशिलताका बारेमा सरोकारवालाहरुसंग छलफल गरिएको थियो।४२ प्रतिशत भन्दा बढी जनसंख्या ओगटेको युवा वर्गको सहभागिता, अवसर र चुनौतिको बारेमा सामाजिक बिकास समिति संयोजक रवि सेन्चुरीले युवा प्रतिनिधित्व तथा सहभागिता बारे आफ्नो धारणा प्रस्तुत गर्नु भएको थियो । विशेष गरी युवा मैत्री लगानी नभएको, उद्यमशिलता व्यवसायको अभाव, परिवर्तनको सवालमा युवाहरुको दिगो विकास नभएको लगायतका युवाका समस्याहरुको बारेमा सेन्चुरीले स्पष्ट पार्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरीले पछिल्लो समय युवाहरु समाजमा लागुऔषध, दुर्व्यसनी तथा कुलतमा फसेको अवस्थामा रहेकाले सिप रोजगार र अध्ययन तथा सामाजिक सहभागिताले त्यसलाई निर्मुल पार्नुपर्ने र सो सम्बन्धी सचेतनाको आवश्यकता रहेको बताउनुभयो । उपप्रमुख चौधरीले युवाहरुलाई उदृत गर्दै  सिकेका कुराहरुलाई व्यवहारमा लागु गरि समाज परिवर्तनमा गर्न र सकारात्मक पाटोलाई अंगाल्दै नगरपालिकासंग हातेमालो गर्दै अगाडी बढ्न सहभागीहरुलाई आग्रह गर्नु भएको छ ।
 
सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर-१ का अध्यक्ष फर्सुराम गिरिले युवाहरु देशको कर्णधार मात्रै नभएर साझेदार रहेकोले समाज निर्माणमा अगुवाई गर्न आग्रह गर्नुभयो। त्यस्तै सोहि कार्यक्रममा बोल्दै तिलोत्तमा-६ का वडा अध्यक्ष गणेश पाठकले युवाको चाहना अनुरुपको नगर बनाउन र युवा सहभागिता तथा सिप रोजगार अनि उद्धमलाई बिकासको बाटोमा डोर्याउन र नगरपालिकालाई बिकासमा दिगोपन दिनका लागि युवावर्ग जागरुक हुनुपर्ने बताउनुभयो । स्थानीय तहहरुमा बनेका योजनाहरुमा युवावर्गको सहभागीता अपरिहार्य रहेकाले स्थानीय तहसंग सहकार्य गरी विभिन्न सचेतनामुलक कार्य गर्नुपर्नेमा जोड दिंदै वडा अध्यक्ष पाठकले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
सो अवसरमा बोल्दै सहभागीहरु युवा अभियन्ता बिबेक भण्डारी,सरिता पंगेनी अर्याल, कल्पना पाइजा, नमस्ते नेपाल, पहिलो पाइला नेपालका प्रतिनिधिहरुले युवा मैत्री बजेट र कार्यक्रम तथा सिप रोजगार सृजना गर्ने खालका रचनात्मक काम गर्न नगरपालिकालाई आग्रह गरेका थिए।  सामाजिक बिकास समितिका संयोजक रवि सेन्चुरीको अध्यक्षता,समितिका सदस्य तथा वडा नम्बर-९का सदस्य लवसन गुरुङको संचालन तथा वडा सदस्य शोभा रानाको स्वागतमा भएको कार्यक्रममा वडाका प्रतिनिधिहरुले युवाहरुको जिज्ञासालाई सम्बोधन गरेका थिए। 

कमेन्ट गर्नुहोस्