लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा चटयाङ्ग लागेर एक जनाको मृत्यु

tillotmacitynews - 2023 Aug 11 09:45 AM
IMG

तिलोत्तमा सिटी । साउन २६ गते । रुपन्देहीको तिलोत्तमामा चटयाङ्ग लागेर एक जनाको ज्यान गएको छ । चटयाङ्ग लागेर तिलोत्तमा–११ गणेशनगर निवासीका १७ वर्षीया सोइता रानाको मृत्यु भएको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय मंगलापुरका अनुसार हिजो दिउँसो खेतमा काम गर्ने क्रममा चटयाङ्गले लागेर राना सख्त घाइते हुनुभएको थियो । गम्भीर घाइते भएकी रानाको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा गएराती १२ बजे मृत्यु भएको हो । रानाको शव अहिले पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको प्रहरीले जनाएको छ । 

कमेन्ट गर्नुहोस्