लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लायन्स क्लब अफ तिलोत्तमाको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न

tillotmacitynews - 2023 Aug 05 10:58 AM
IMG

तिलोत्तमा सिटी । साउन २० गते । लायन्स क्लब अफ तिलोत्तमाको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । संस्थाले तिलोत्तमा ९ स्थित बिश्व शान्ति सामुदायिक आधारभूत बिद्यालयमा अम्बा, आँप लगायत विभिन्न जातका फल तथा फूलका बिरुवाहरु रोपेको क्लबले जनाएको छ । संस्थाको बार्षिक क्यालेन्डर अनुसार हरियाली प्रवद्र्धनमा टेवा पुगोस भन्ने उद्धेष्यले आयोजित कार्यक्रममा क्लबका अध्यक्ष खेमराज ढकालको अध्यक्षता एवं बिद्यालयका अध्यक्ष हरि पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।



सो अवसरमा अतिथिको आसनबाट बोल्दै नेपथ्य कलेजका संचालक सन्जिब भण्डारीले, क्लबले सामाजिक एवं शैक्षिक क्षेत्रमा देखाएको तत्परता सराहनीय रहेको र आगामी दिनमा अझै गम्भीरताका साथ निरन्तर समाज रुपान्तरंणमा लाग्न क्लबलाई आग्रह गर्नुभयो । सोही कार्यक्रममा बोल्दै अतिथि एवं बिद्यालयका प्राचार्य डोलराज पाण्डेले, क्लबले बिद्यालय प्रति देखाएको माया र हौसला प्रेरणादायी रहेको बताउनुभयो । कार्यक्रमकै अवसरमा क्लबले बिद्यालयमा व्यवस्थित साइकिल पार्किंग स्थलको निर्माण गर्ने तथा छिट्टै बिद्यार्थीहरुका लागि आँखा तथा दाँत शिबिर संचालन गर्ने जानकारी दिएको छ ।


कमेन्ट गर्नुहोस्