१६ साउन २०८०, तिलोत्तमा। एकपछि अर्को कामलाई जनतामाझ पुर्याउदै चर्चा बटुलेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्ना हाइवेका व्यस्त चोकमा उज्यालो तिलोत्तमा अभियान अन्तर्गत हाइ मास्ट लाइट जडान गरेको छ। तिलोत्तमाको योगिकुटी शान्तिकुञ्ज चोक , मणिग्राम चोक र कोटिहवा चोकमा पहिलो चरणमा हाइ मास्ट लाइट जडान गरिएको छ।
यो संगै थप अन्य हाइवेका प्रमुख चोकहरुमा र नगरपालिकाका भित्री क्षेत्रका प्रमुख चोक र सार्बजनिक स्थानहरुमा यस्तै प्रकृतिका उज्यालो हाइ मास्ट लाइट जडान गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो। नगरपालिकालाई सुन्दर र आकर्षक बनाउने क्रममा यसका बाहिरि आवरण संगै भित्री सडकका चोक र सार्बजनिक स्थानका चोक हरुमा सोहि अनुरुपको लाइट जडान गरिएको उहाँको भनाई छ।
पहिलो चरणमा तिलोत्तमाको दक्षिणी सिमा कोटिहवा चोक, उत्तरी सिमा योगिकुटी चोक र मध्य भाग मणिग्राम चोकमा पहिलो चरणमा हाइ मास्ट लाइट जडान गरिएसंगै नगरका महत्त्वपूर्ण सार्बजनिक स्थान एवं पर्यटकीय क्षेत्रहरुमा र नगरपालिकाका १७ वटै वार्डका प्रमुख चोकहरुमा यसै वर्ष हाइ मास्क लाइट जडान गरिने कार्यपालिका सदस्य तथा बाताबरण तथा बिपत ब्यबस्थापन समितीका संयोजक सुरेन्द्र श्रीको भनाई छ। यो तस्बीर रातीको ८:४५ बजे खिचिएको हो।
कमेन्ट गर्नुहोस्