
तिलोत्तमा, २०८० साउन १० गते। रोटरी क्लब अफ रुपन्देही तथा रोट्रयाक क्लब अफ राममणी बहुमुखी क्याम्पसको आयोजनामा बुधबार आजका युवाहरुलाई भोलिको चुनौतिका लागि सशक्त बनाउने उद्देश्यसहित ‘इम्पावरिङ टुडेज युथ फर टुमारो च्यालेन्ज’ कार्यक्रम सम्पन्न भएको छ । औपचारिक शिक्षासँगै अन्य सीप, ज्ञान र सामाजिक सशक्तिकरणमा युवाहरुको भूमिका बारे कार्यक्रममा छलफल भएको थियो ।कार्यक्रमका अवसरमा बोल्दै रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष हरी लम्सालले भोतिका चुनौतिहरुको सामना गर्नेगरी आजका युवाहरु तयार हुनुपर्नेमा जोड दिए ।
त्यसका लागि सामाजिक, आर्थिक तथा राजनैतिक रुपमा ज्ञान र सीप हासिल गर्नुपर्ने उनले बताए । यसैगरी रोटरी डिस्ट्रिक को चियर तथा राममणी बहुमुखी क्याम्पस सञ्चान समितिका अध्यक्ष ध्रुब धितालले शैद्धान्तिकसँगै व्यवहारिक ज्ञान र सीपको बिकासका लागि जोड दिए ।यसैगरी डिस्ट्रिक पब्लिक इमेज चियर राजकुमार गुप्ताले कार्यक्रममा सहजीकरण गरेका थिए । ११२ जना विद्यार्थी सहभागी सहभागी भएको कार्यक्रममा सहजिकरण गर्दै गुप्ताले युवा सशक्तिकरणका लागि सबैभन्दा पहिले आत्मबल र इच्छाशक्तिको आवश्यकता औल्याए ।
भविष्यमा आउने जस्तोसुकै चुनौति पार गर्नका लागि आजदेखि नै युवाहरुले आफूलाई तयारी अवस्थामा राख्नुपर्ने उनले बताए । कार्यक्रम क्लबका सचिब थानेश्वर चापागाईंको सञ्चालनमा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस्