लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पहिरोले सिद्धबाबा सडकखण्ड अवरुद्ध, बर्षाले गोरूसिङगे सन्धिखर्क सडक पनि ठप्प

tillotmacitynews - 2023 Jul 25 09:49 AM
IMG

तिलोत्तमा सिटी । साउन ९ गते । सोमबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पाको सिद्धबाबा सडकखण्ड अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्ड डयाम साइडमामा आज बिहानै गएको पहिरोले यातायात सेवा अवरुद्ध बनेको हो । दोभान प्रहरीकाअनुसार पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्धबाबा नजिकै ड्याम नजिक पहिरो खसेको हो  । पहिरो पनचाउन अझ केही समय लाग्ने भएका आज दिउसोसम्म यो सडक भएर यात्रा नगर्न प्रहरीले सबैमा आग्रह समेत गरेको छ ।  सडकमा अहिले सवारीसाधनहरुको लामो लाइन छ भने पानी नपरे पहिरो पन्छाउन अझ केही समय लाग्ने दोभान प्रहरीले अनुमान गरेको छ । यसैबीच


गएरातीबाट परेको अविरल बर्षाका कारण पहिरो जादा गोरूसिङगे सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम जाने प्रमुख सडकखण्डको भुवनपाटा,देउराली, नरपानी, दहखोला जगत ,फुदवाङ डम्पिङ साईड वरपर विभिन्न ठाउँमा पहिरो खस्दा गएरातीबाट सडक अवरुद्ध भएको हो । अहिले पहिरो हटाउने प्रयास भैरहे पनि निरन्तर परेको बर्षाका कारण माथि पहाडबाट खसेको पहिरो थपिदा अवरुद्ध सडक पनछाउन कठिनाईभएका ेछ । सडकमा सवारी साधनको लामो लाईन लागेकोछ भने पहिरो पन्छाउने कोशिश भैरहेको गोरूसिङगे प्रहरीले जानकारी दिएको छ ।


कमेन्ट गर्नुहोस्