
तिलोत्तमा सिटी । साउन ९ गते । रुपन्देही, नवलपरासी, पाल्पा, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ । अविरल वर्षातका कारण तिनाउ र पश्चिम राप्ती नदीमा बाढी आएको छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान सवा ६ बजे सार्वजनिक गररेको सूचना अनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतह खतराको तह भन्दा निकै नै माथि पुगेको र पानी सतह बढ्दो अवस्थामा रहेको छ ।
बाढीको उच्च जोखिम रहेकाले तिनाउ नदीका तटिय क्षेत्र र आसपासका डुबान हुनसक्ने होचा स्थानमा हुनेहरूले दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा गै रहनुहन आग्रह गरिएको छ । यसैगरी नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ । वर्षाका कारण विनयी लगायत साना खोलाहरूको बहाव बढ्ने क्रममा रहेका छन । नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
कमेन्ट गर्नुहोस्