
तिलोत्तमा सिटी । साउन ६ गते । तिलोत्तमा रक्तदाता समाजको पदस्थापन तथा प्रशिक्षण कार्यक्रम हिजो साँझ सम्पन्न भएको छ । गत पौष १ गते निर्वाचित भएका समाजका अध्यक्ष लगायत सम्पुर्ण पदाधिकारीलाई तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाडँको प्रमुख आतिथ्यमा पदस्थापन र सपथ ग्रहण गराइएको हो । कार्यक्रम कै अवसरमा रक्त सञ्चार केन्द्र बुटवलका प्राविधिक केशर गाहाले प्रशिक्षण समेत दिनुभएको थियो । सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख खांणले तिलोत्तमा रक्तदाता समाजले समाज सेवामा पुर्याएको योगदान अतुलनिय रहेको बताउनुभयो । खाडले युवाहरु सजक र जागरुक भै काम गरे देश निर्माणमा टेवा पुग्ने बताउनुभयो । आजको आवस्यकता नेतृत्व र व्यक्तित्व बिकाश भएको भन्दै खाडले तिलोत्तमा रक्तदाता समाजले त्यसको अभिभाकत्व लिनु पर्ने बताउनुभयो ।
तिलोत्तमा रक्तदाता समाजका अध्यक्ष गोविन्द बन्जाडेको सभापतितित्व रहेको कार्यक्रममा नवनियुक्त सल्लाहाकारहरु राम प्रसाद ढकाल, अर्चित श्रेष्ठ, ज्ञान प्रसाद ज्ञावली, प्रकाश पोख्रेल, संजीव बस्याल आतिथ्यहरु े(वार्ड नं ९) का अध्यक्ष ध्रुव न्यौपाने, (वार्ड नं ७) का देवी पङ्गेनी, नेपथ्य कलेज का संचालक संजीव भण्डारी, तिलोत्तमा बिल्डरका संचालक रमेश ढकाल लगायतको उपस्थिति रहेको थियो । समाजका उपाध्यक्ष अरुण पन्थीले सौगत मन्तव्य दिनुभएको कार्यक्रमको संचालन सुशील गौतमले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्