
प्रकाश पाण्डे । साउन १ गते । रुपन्देहीको तिलोत्तमा ९ नन्दनबन निवासी पुजा भुसाल सर्पको टोकाइबाट गम्भीर घाइते भएकी छिन । आइतबार राति करिब ९ बजेको समयमा साइकल राख्ने क्रममा घरबाहिर पेटीमा पुजालाई सर्पले टोकेको थियो । घाइते पुजाका अनुसार कालो लामो सर्पले टोकेको बताएपछि स्थानीय अर्जुन भट्टराईले उनलाई तत्काल उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगेका थिए । पुजाको अवस्था अहिले गम्भीर रहेको र आईसीयूमा राखेर उपचार भैरहेको अस्पताल प्रशासनले जनाएको छ ।
तिलोत्तमा ५ शान्ति नमुना माबिमा कक्षा ९ मा अध्यनरत पुजा भुसाल कि आफ्नै आमा बर्ष ४० की नेत्रकला भुसाल 'अम्बिका' लाई गतहप्ता कमन कोब्रा जातको गोमन सर्पले घर भित्र काम गरिरहेको अवस्थामा टोकेपछि उनको अहिलेपनि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ । आमा अम्बिकाको अवस्था अहिले सामान्य रहेपनि छोरी पुजालाई हप्ता दिनकै अन्तरालमा सर्पले टोकेपछि स्थानीय आतंकित भएका छन् । घटना लगत्तै स्थानीयले सर्पको खोजबिन गरेका थिए । खोज्दै जादा घर अगाडी दाउराको खालमा कालो सर्प भेटिए पनि झाडी तर्फ पसेकाले कुन जातको सर्पले डसेको हो यसै भन्न नसकिने तर सर्पको प्रकृति हेर्दा गोमन जातको सर्प हुनसक्ने स्थानीय ओमप्रकाश पाण्डेयले जानकारी दिनुभयो । पुजाका बुवा भने बैदेशिक रोजगारका लागि साउदी छन् ।
कमेन्ट गर्नुहोस्