लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा आज दिउसो सामान्य बर्षाको सम्भावना

IMG

 तिलोत्तमा सिटी । असार ३० गते । लगातारको वर्षाले कालीगण्डकी, नारायणी र कोशी नदीको जलसतह बढेको छ । बाढी पूर्वानुमान महाशाखाले ती नदी तटीय क्षेत्रमा बाढीको चेतावनीसहित उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार गएराति नवलपरासीको बर्दघाट र डन्डा आसपासको क्षेत्र, पाल्पा, स्याङ्जा, तनहुँ र कास्कीमा ठूलो पानी परेको छ । नवलपरासीको विनयी, अरुण, गिरुवारी खोला, नवलपुरलगायत ती क्षेत्र भएर बग्ने स–साना खोलामा आकस्मिक बाढीको सम्भावना रहेको छ । त्यस्तै पाल्पाको निस्ती खोलालगायत आसपासका क्षेत्रमा पनि बाढीको जोखिम छ । कोशीमा जलसतह बढ्दा महोत्तरीको जलेश्वर आसपासमा बाढीको जोखिम छ ।



अहिले बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली छ । साना खोला, डुबान भैरहने होचो ठाउँ तथा नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र यात्रामा निस्कदा सावधानी अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन् । रुपन्देहीको हकमा भने गयराती १२ बजेबाट भैरहेको वर्षा अहिले भने रोकिएको छ ।  रुपन्देहीमा आज दिउसो सामान्य वर्षाको सम्भावना रहेको मौसमविद्हरुले अनुमान गरेका छन् । 

कमेन्ट गर्नुहोस्