
तिलोत्तमा, असार २४। चलचित्र बगानको टिम मोफसलमा आफ्नो दौडाहा सकेर काठमान्डौ फिरेको छ। ३० बर्ष अघिको त्यही सुमधुर जोडी सरोज खनाल र करिश्मा मानन्धर चलचित्र सारंगीमा संगै बुटवल आएका थिए। त्यसताका बुटवलमा ३ वटा फिल्महल र खस्यौलीका नामले परिचित बजार थियो। सारंगी फिल्मको सुटिङ्गको दौरानमा सारा बुटवल रिक्सामा घुमेको सम्झना दिलाउदै नायक तथा अभिनेता सरोज खनालले बुटवल एक्लै आएको भए नचिनिने गरि रुपान्तरण भएको बताए। आफ्नी सुकोमल जोडीलाई ३० बर्ष पछि पर्दामा उतारेका उनि शुक्रबार बाट प्रदर्शन हुन लागेको फिल्म बगान को देश दौडाहामा छन्। उनीसंगै करिश्मा मानन्धर बुटवलको सम्झनालाई आफ्नो माइती गाउ जत्तिकै प्यारो लाग्ने बताउछिन। सारंगी, घरसंसार लगायतका त्यो बेलाको सुपरहिट फिल्म छायांकनमा बुटवल मज्जाले घुमेकी उनि संगै बगान को टिमले बुटवल स्युराजको युद्धस्थल जितगढ़ी किल्ला समेत घुमेको छ। घुमेको क्रममा कलाकारको सो टिमले तिलोत्तमा नगरको सरसफाई, हरियाली प्रबर्द्धन तथा शान्त स्थानको समेत प्रशंशा गरेका थिए।
चलचित्र पत्रकार संघ रुपन्देहीको संयोजनमा बुटवल उपमाहानगरका नगर प्रमुख खेलराज पाण्डेको निमन्त्रणा स्वीकार्दै उनीहरु जितागढ़ी किल्ला पुगेका हुन्। देशकै ईतिहास बोकेको किल्लामा टेक्न पाउदा गर्वले छाती चौडा भएको अभिनेता सरोज खनालले बताए। त्यसो त अभिनेत्री करिश्मा मानन्धरले बिजयको इतिहास संगै सारा नेपालीलाई एक बनाउने जितागढ़ी किल्लामा टेकना पाउदा आफुलाई भाग्यमानी ठानेकी थिइन्।नगरप्रमुख खेलराज पाण्डेले जितगढ़ीलाई फिल्म सिटी र छायांकनको रुपमा पर्यटकीय प्रबर्द्धन गर्नुपर्ने बताउदै कलाकार र फिल्मेले सो कुरा चलचित्रको माध्यम बाट प्रस्तुत गर्न आग्रह समेत गरे। बगानका निर्माता सुरेश वाग्ले, नायिका प्रमिला कार्की लागयाको टिमले भर्खरै बुटवलमा संचालित लुम्बिनी केबलकार को भ्रमण गरि बसन्तपुर पुगेर कामाख्या देवीको दर्शन समेत गरेका छन्। चलचित्र बगान आउदो शक्रबार अर्थात यहि असार २९ गते देशभरको सबै हलमा लाग्ने निर्माण युनिटले बताएको छ।
कमेन्ट गर्नुहोस्