लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जन्मदिनमा चापागाईं:स्थानिय चुनावमा ल्याएको मत बराबर रकम आश्रमलाई सहयोग

IMG

तिलोत्तमा,२१ असार २०८० साल।  तिलोत्तामामा जन्मदिन मनाउने प्रचलन फरक फरक छ। सोहि अनुरुप रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ निबासी मोहन चापागाईंले आफ्नो जन्मदिनलाई रचनात्मक कामका लागि उपयोग गरेका छन् । प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश विभागीय इन्चार्ज रहेका चापागाईंले जन्मदिनमा वृक्षारोपणका साथै अनाथ आश्रमममा सहयोग गर्दै मनाएका हुन् ।


जन्मदिनमा वृक्षारोपणको सुरुवात उनले दुईवर्षअघि देखि नै थालेका थिए । यसपल्ट उनले नमस्ते नेपाल नामक संस्थाको संयोजनमा आफ्नै निबास परिसरमा रुद्राक्षको बिरुवा रोपेका छन् भने नेपाल अविनाश अनाथ आश्रम कोटिहवामा आर्थिक सहयोग गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा एमालेबाट तिलोत्तमा नगरपालिकाको मेयरको उम्मेदवार बनेका उनी काँग्रेसका रामकृष्ण खाँणसँग पराजित भएका थिए । चापागाईंले आफूले स्थानिय तहको चुनावमा ल्याएको मत बराबर २३ हजार ६३१ रुपियाँ अनाथ आश्रमका लागि सहयोग गरेका हुन् । चापागाईंले आश्रमका अध्यक्ष कृष्ण ज्ञवालीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।


जन्मदिन कुनै रचनात्मक कार्य गरी मनाउनुपर्छ भन्ने कुराको सन्देश अरुलाई पनि दिनका लागि आफूले यस्तो गरेको चापागाईंले बताए । “मेरो उद्देश्य सामाजिक र रचनात्मक कामको सन्देश फैलाउनु हो”–उनले भने ।

कमेन्ट गर्नुहोस्