
तिलोत्तमा सिटी । असार २० गते । जन्मदिनलाई रचनात्मक बनाउनु पर्छ भन्ने मान्यता राख्ने सामजिक व्यक्तित्व मोहन चापागाईंले आफ्नो जन्मदिनलाई बिशेष रुपमा मनाएका छन् । असार २० गते अर्थात बुधबार परेको आफ्नो जन्मदिनलाई बिशेष बनाउने क्रममा प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश विभागीय इन्चार्ज समेत रहेका चापागाईंले आफ्नो जन्मदिनको अवसर पारेर वृक्षारोपणका साथै अनाथ आश्रमममा आर्थिक सहयोग गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ स्थायी घर भएका मोहन चापागाईंले आफ्नो जन्मदिनलाई रचनात्मक कामका लागि उपयोग गर्ने कामको सुरुवात दुईवर्षअघि देखि नै थालेका थिए । जन्मदिनमा वृक्षारोपणको काम गर्न यसपटक चापागाईलाई नमस्ते नेपाल नामक संस्थाले समेत साथ् दियो । संस्थाको संयोजनमा आफ्नै निबास परिसरमा रुद्राक्षको बिरुवा रोपेका चापागाईले सामाजिक कार्यमा अग्रसर भई काम गर्ने आफ्नो चाहना सानै देखि रहेको प्रतिक्रिया दिए ।
सामाजिक काम गर्दा धन होइन मनको खाचो पर्ने मूलमन्त्र अनुरुप नै आफु सामाजिक कार्यमा अग्रसर भएको चापागाई बताउछन । जन्मदिनलाई बिशेष बनाउने क्रममा बुधबार नै उनले नेपाल अविनाश अनाथ आश्रम कोटिहवामा आर्थिक सहयोग समेत गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट तिलोत्तमा नगरपालिकाको मेयर पदको उम्मेदवार बनेका उनी काँग्रेसका रामकृष्ण खाँणसँग झिनो मतान्तरले पराजित भएका थिए । चापागाईंले आफूले ल्याएको मत बराबरको २३ हजार ६३१ रुपियाँ अनाथ आश्रमका लागि सहयोग गरेका हुन् ।
कमेन्ट गर्नुहोस्