
प्रकाश पाण्डे । असार ७ गते । अन्ततः करिब डेढ महिनाको रस्साकस्सीपछि बुधबारबाट मणिग्राम चोकका ट्राफिक लाइट बलेका छन् । तिलोत्तमा नगरपालिकाको पहलमा ट्राफिक लाइट बलेका हुन् । करिब डेढ महिना अघि बिग्रिएका ट्राफिक लाइट मर्मत सम्हार नगरिदा मणिग्राम चोकमा दुर्घटनाको जोक्जिम बढ्दै गएको भन्दै स्थानीयले गुनासो गरेपछि रेडियो लुम्बिनी, तिलोत्तमा सिटी न्युज र तिलोत्तमा खबर डबली लगायतका मिडियाहरुमा समाचार प्रकाशन प्रशारण भएको थियो । नगरपालिकाले जडान गरेको ट्राफिक लाइट पछिल्लो डेढ महिना यता बल्न छाडेको थियो । तत्कालिन मेयर बासुदेव घिमिरेको कार्यकालमा (विं स.२०७८ सालको जेठ महिनामा) तिलोत्तमा नगरपालिकाले मणिग्राम चोकमा ट्राफिक लाइट जड।न गरिएकोे थियो । जडान यता केही समय ट्राफिक लाइट राम्रै चलेपनि पछिल्लो समय भने पटक पटक बिग्रिदै र मर्मत संहार हुदै आएको छ । यसअघि बिग्रिदा एक दुइ दिनमै बन्ने गरेको ट्राफिक लाइट यसपटक भने करिब डेढ महिनासम्म मर्मत सम्हार नगरिदा चौतर्फी आलोचना भएको थियो । तिलोत्तमाका अन्य क्षेत्रहरुको तुलनामा मणिग्राम चोकमा बढि नै सवारी चाप हुने गरेको छ । जथाभाबी बाटो काट्नेहरुका कारण मणिग्राम चोकमा दुर्घटनाको जोखिम निकै नै हुने गरेको छ ।
ट्राफिक लाइटको ब्यवस्थापन गर्ने जिम्मा लिएको तिलोत्तमा नगरपालिकाको वातावरण शाखाका ईन्जिनियर युवराज पन्थिले काम गर्दा गर्दै केही ढिलाई भएको स्वीकार गरे । तिलोत्तमाले जडान गरेको ट्राफिक लाइट लुम्बिनी प्रदेशमै पहिलो हो । तिलोत्तमा नगरपालिकाले मानिसहरुको भीडभाड हुने क्षेत्र डाईभरटोल, मणिग्राम चोक, भलवारी र कोटिहवा चोक गरि नगरका ४ ठाउमा ट्राफिक लाइट जोडेको छ । नगरपालिकाका अनुसार ट्राफिक लाइटको कन्ट्रोल मंगलापुरमा स्थित ट्राफिक प्रहरी पोष्टबाट रहेको छ भने चोकको प्रत्यक्ष निगरानी भने जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवाले गरिरहेको छ । मणिग्राम चौकको ट्रफिक लाइटको उदघाटन तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले गरेका हुन् । अन्य ठाँउको लाइट संचालनमा रहेपनि नगरको सर्वाधिक सवारी चाप हुने मणिग्राम चोकमा बिग्रेको लाइट मर्मत सम्हार नगरिदा आफुखुसी बाटो काट्ने यात्रु तथा बेतोडले दौडिने सवारी साधनक कारण दुर्घटनाको खतरा बढेर गएको थियो ।
कमेन्ट गर्नुहोस्