लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा बुटवलमा सरसफाइकर्मी सम्मानित

tillotmacitynews - 2023 Jun 19 06:05 AM
IMG

पार्वती न्यौपाने ।  असार ४ गते ।   राष्ट्रिय स्वतन्त्र पार्टी बुटवल नगरसमितिको आयोजनामा  बुटवलमा  पार्टी स्थापना दिवसको अवसर पारेर   उपमहानगरपालिकामा कार्यरत सरसरफाई कर्मचारीहरुलाई सम्मान गरेको छ । पार्टीको स्थापनाकालको प्रथम बार्षिक उत्सव बिबिध कार्यक्रम गरि असार १ गते देखि ७ गते सम्म मनाउने क्रममा बुटवल नगरसमितीको आयोजनामा बुटवल उपमहानगरपालिकामा कार्यरत ३९ जना सरसरफाई कर्मचारीहरुलाई सम्मान गरिएको रुपन्देही क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति रमेश लम्सालले जानकारी दिनुभयो । सम्मान कार्यक्रममा बोल्दै  प्रदेश इन्चार्ज गणेश पौडेलले वातावरण संरक्षणमा सरसफाइ गर्ने व्यक्तिहरूको भूमिका गहन हुने भएकाले प्रोत्साहन एवं हौसला बढाउनका लागि सम्मान गरेको बताउनु भयो । उहाँले रास्वपा पार्टीले  सबै तहका मानिस र पेसालाई सम्मन र साथ दिनेमा जोड दिनुभयो । साथै प्रदेश उपसभापति शालिकराम घिमिरेले कार्यमा कटिबद्ध कर्मचारी लाई हौसला दिनुपर्ने बताउनु भयो  ।



कार्यक्रममा सरसफाई कर्मी जित बहादुर परियारले आजसम्म हामीलाई कुनैपनि पार्टीले सम्मान नगरेको बताउदै रास्ट्रिय स्वतन्त्र पार्टीले सम्मान गरेकोमा धन्यवाद दिदै आफुहरुलाई काम गर्न हौसला भएको बताउनु भयो । कार्यक्रममा पार्टिका प्रदेश सदस्यहरु,जिल्लाका पदाधिकारी एवम् सदस्यहरु,क्षेत्रिय सदस्यहरु, विभिन्न विभागका पदाधिकारी एवम् सदस्यहरु, नगरसदस्यहरुको सहभागिता रहेको थियो । नगर सभापति राजन पाण्डेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम प्रचारप्रसार तथा अभियान विभागका प्रदेश सचिव नमराज पाण्डेयको सञ्चालन र विष्णु सुवेदीको स्वागतमा सम्पन्न भएको थियो ।


कमेन्ट गर्नुहोस्