
तिलोत्तमा सिटी । जेठ २७ गते । तिलोत्तमा ८ मा अवस्थित करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको १३ औ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाको आफ्नै सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै डिभिजन खानेपानी कार्यालयका प्रमुख आजित हुसैन मिया ठकुराईले, समुदायमा आधारित खानेपानी लगायतका संस्थामा आवद्ध भई नेतृत्वदायी भूमिका खेल्नसके संस्था झन बलियो र दिगो बन्दै जाने बताउनुभयो । तिलोत्तमाका कतिपय खानेपानी आयोजना अहिले संकटमा परेका बेला करहिया मक्रहर खानेपानी आयोजनाले समुदायको मन जितेर काम गर्न सफल भएको भन्दै प्रसंसा गर्नुभयो । डिभिजन कार्यालयका प्रमुख आजित हुसैन मियाले, करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था तिलोत्तमा मै अग्रणी बनेर उपभोक्ताको मन जित्न सफल होस भन्दै सुभकामना समेत दिनुभएको छ । कार्यक्रममा बोल्दै खानेपानी महासंघ जिल्ला अध्यक्ष ध्रुब धितालले स्वच्छ खानेपानी, बातावरणीय कुरा र सरसफाई सम्बन्धि कार्यमा संस्था अब्बल बनेर ग्रीन तिलोत्तमा क्लिन तिलोत्तमाकोे नारालाई मुर्तरुप दिन सकोस भनेर शुभकामना दिनुभयो । उहाँले खानेपानीमा देखिने सेतोपना क्याल्सियम भएको र त्यसले स्वास्थ्यलाई फाइदा पुराउने भन्दै त्यसलाई सामान्य रुपमा लिन उपभोक्ता सँग आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष यज्ञ गैरेले ऋणमा रहेको र्सस्थालाई नाफामा लैजाने गरि काम गर्ने सिंगो टिमप्रति आभार प्रकट गर्नुभयो । हालसम्म २ हजार २ सय ५२ उपभोक्ताहरु करहिया मक्रहर खानेपानीमा प्रतक्ष्य जोडिएको बताउदै गैरेले विभिन्न ठाउँमा पाइपलाईन बिस्तार एवं तिलोत्तमा वडा न १२ को मक्रहरमा ओभर हेड टंकी निर्माण समेतसपन्न भै सिघ्र संचालनमा आउने तयारीमा रहेको जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका सल्लाहकारहरु डा.मुरारी पराजुली, मोहनराज शर्मा, वाश सहकारी संस्थाका अध्यक्ष खेम प्रसाद गौतम, करहिया सामुदायिक बनका अध्यक्ष हरिलाल पाण्डे, तिलोत्तमा वडा न. ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेल, केशबराज अर्याल, सरस्वति पाण्डे, संस्थामा आवद्ध पार्षदहरु, वडाका जनप्रतिनिधि एवं सदस्य लगायतले बोल्दै, सँस्था बिधि बिधान र समय सापेक्ष चल्नसके देश कै नमुना बन्ने बताएका थिए । सँस्थाको आफ्नै सभाहलमा आयोजित कार्यक्रममा बरिष्ठ उपाध्यक्ष महादेव खनाल लक्ष्मणको स्वागत र सचिव निलकण्ठ ज्ञवालीको संचालन रहेको थियो । यसैबीच करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई सँस्थाको तेस्रो अधिबेसनंलाई समय मै सम्पन्न गर्न आजै ३ सदस्यीय निर्वाचन मण्डलको गठन गरिएको छ । जसको संयोजकमा कृष्ण प्रसाद पौडेल रहनुभएको छ भने खेम प्रसाद गौतम र रामु सहानी सदस्य रहने गरि समिति गठन गरि अधिबेशनको मिति र समय तय गर्ने जिम्मेवारी दिईएको संस्थाका अध्यक्ष यज्ञ गैरेले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्