
तिलोत्तमा सिटी । जेठ २७ गते । नव टिकुलिगढ युवा क्लब तिलोत्तमा १४ को आयोजनामा भेटघाट तथा खेलाडी सम्मान कार्यक्रम तिलोत्तमा १४ निर्माणाधीन क्लबको पार्कमा शनिबार सम्पन्न भएको छ । सस्थाका अध्यक्ष विजय गुरुङको अध्यक्षता र तिलोत्तमा नगर पालिका १४ का वडा अध्यक्ष आश्विन पौडेलले युवा क्लबको काम सामान्य खेलकुद मात्र गर्ने नभै सामाजिक तथा सास्कृतिक नमुना कार्य गर्नु पनि भयको र क्लबले जुन कार्यको थालनि गरेको छ त्यो कार्य अत्यन्तै सराहनीय काम भयकोे बताउनुभयो। तस्तै तिलोत्तमा नगर पालिका कार्य पालिका सदस्य रबि सेन्चुरिले यो पार्क निर्माण मात्रै नभै नव टिकुलिगड क्लबको भविस्य भयको बताउनु भयको छ ।
कार्यक्रममा तिलोत्तमा नगर पालिका भित्रका खेलाडीहरु राष्ट्रिय कृकेट टोलि सदस्य तथा राष्ट्रिय कृकेट खेलाडि घनश्याम ढकाल, अन्तरास्ट्रिय कराते प्रतियोगिता स्पोर्ट्स फेस्टिबल २०२२ गोल्ड मेडल प्राप्त खेलाडी नेहा श्रीस र मलेसियामा १९औं अन्तरास्ट्रिय खुल्ला ओकिनवा गोजुरियो इफोइ नेपालको तर्फबाट सहभागी भै स्वण पदक बिजेता समिक्षा सार्किलाइ सम्मान गरियको थियो। नव टिकुलिगड युवा कल्बले तिलोत्तमा १४ मा नगरपालिका र वडा कार्यालयको संयोजनमा १६ कठामा पिक्निक पार्क तथा सेल्फि जोन निर्माण गर्न लागेको छ ।
कमेन्ट गर्नुहोस्