
जेठ २२, २०८० तिलोत्तमा। विश्व वातावरण दिवसकाे अबसरमा २०२३ जुन ५ का दिन तिलोत्तमा सामुदायिक पार्ककाे आयाेजना र तिलाेत्तमा नगरपालिका, शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, आनन्दवन सा.व.,लगायत विभिन्न संस्थाहरूका सहकार्यमा सामुदायिक पार्ककाे परिसर क्षेत्रमा करिव १ हजार २ सय पचास विभिन्न प्रजातीका विरूवाहरू वृक्षारोपण गरि मनाईएकाे छ।
तिलाेत्तमा नगरपालिकाका नगर उप प्रमुख जगेश्वर देवी चाैधरीकाे प्रमुख अतिथ्यतामा सन्चालन गरिएकाे कार्यक्रममा डिभिजन वन कार्यालयकाे प्रमुख, वन अनुसनधानका अधिकृत,वडा नं. १ का वडा अध्यक्ष फर्शुराम गिरी, वडा नं. ४ का वडा अध्यक्ष हरि वहादुर क्षेत्री , वडा नं.६ अध्यक्ष गणेश पाठक, शकरनगर खानेपानीका अध्यक्ष झविन्द भण्डारी , तिलाेत्तमा खानेपानी महासंघका अध्यक्ष धुर्व धिताल,सामुदायिक पार्कका पदधिकारी, आमा समूह पदाधिकारीहरू, बैंक, वित्तिय संस्थाका पदाधिकारीहर, वडा जनप्रतिनिधि लगायतको सहभागीता रहेकाे थियोे । तिलाेत्तमा सामुदायिक पार्कले विगत वर्ष देखि वातावरण दिवस मनाउदै आएकाेे छ।
कमेन्ट गर्नुहोस्