
तिलोत्तमा जेष्ठ १० गते २०८० । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् ।विगत पाचँ महिना देखि तलव नपाएको विरोध स्वरुप पहिलो चरण मा हात मा कालो पट्टी वाँधेर विरामी लाई सेवा दिई राखेका छन् ।आन्दोलित स्वास्थ्यकर्मीले पुष २०७९ देखि तलव नपाएको , कहिले पाउने भन्ने पनि यकिन नभएकोले वाध्य भएर आन्दोलन गर्न परेको वताए । जेठ १ गते नै नगरपालिकालाई स्वास्थ्यकर्मी हरु ले ज्ञापन पत्र मार्फत जानकारी गराएका थिए ।तिलोत्तमा नगरपालिका -३ मा रहेको आधारभुत स्वास्थ्य चौकी मा कार्यरत स्वास्थ्य निरिक्षक थानेश्वर वस्यालले 'हामी स्वास्थ्यकर्मी हरु सेवा मा प्रतिबद्ध छौं तर भोक भोकै काम गर्न सक्दैनौं ' भनेर आफ्नो भनाई राखे ।
कर्मचारी लगायत स्वास्थ्य क्षेत्र लाई उचित व्यवस्थित गर्ने ,सबै कर्मचारीहरुलाई समान सुविधा पाउनु पर्ने र आगामी दिन मा तलव पाउनै कै लागि स्वास्थ्यकर्मी आन्दोलित हुन नपरोस् लगायतका आफ्ना मागहरु रहेको वस्यालले जनाए। जिल्ला प्रशासन मा ज्ञापन पत्र बुझाउने र आफ्नो हक नपाए सम्म आन्दोलन गरि रहने सवै स्वास्थ्यकर्मीले जनाए । स्वास्थ्यकर्मीहरुले रुपन्देही जिल्ला प्रशासन प्रमुख मार्फत प्रधानमन्त्री, स्वास्थ्य मन्त्रालय, रुपन्देहीका तिनवटै प्रतिनिधि सभा सदस्यलाई ज्ञापन पत्र र प्रेस विज्ञप्ती समेत पठाएका छन् । तलव र अन्य सेवा नपाएको भन्दै स्वास्थ्यकर्मीहरुले माग पुरा नभए आन्दोलन थप शसक्त बनाउदै लैजाने तिलोत्तमा नगरपालिकाको स्वास्थ्यकर्मीहरुको आन्दोलन ब्यवस्थापन तथा परीचालन समितीका सुचना अधिकारी थानेश्वर बस्यालले जानकारी दिनुभयो। हातमा कालोपट्टी बाँधेर सेवा प्रदान गर्दै निरन्तर आन्दोलनमा रहेका छन्। स्वास्थ्यकर्मीहरुले आम जनसमुदाय साथै सबै संघ सङठन र क्रियाशील ट्रेड युनियनहरुलाइ समेत साथ समर्थन र एक्यवद्धताको निम्ति आब्हान गरेका छन्।
तिलोत्तमा नगरपालिकामा ४५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकामा अहिले ७८ जना कार्यरत छन्।दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी कार्यरत भएपछि सङ्घीय सरकारले दरबन्दी अनुसारको मात्रै तलब पठाएको छ। त्यसमा पनि गत आर्थिक वर्षमा वृद्धि भएको १५ प्रतिशत तलब नपठाएको एक स्वास्थ्यकर्मीले बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले स्वास्थ्य मन्त्रालयले दरबन्दीबाहेकका कर्मचारीको तलब सरकारले नपठाउँदा समस्या भएको बताए । स्वास्थ्यकर्मीले भने आफूहरू स्थानीयमा समायोजन भएर आएकाले स्वास्थ्य मन्त्रालयसँग सरोकार नभएको बताए ।
कमेन्ट गर्नुहोस्