लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एक फर्निचर कारखानामा आगलागी

tillotmacitynews - 2023 May 15 03:51 AM
IMG

          तिलोत्तमा सिटी / भक्तपुर । सूर्यविनायक नगरपालिका ५ भक्तपुरको चुनदेवीस्थित एक फर्निचर कारखानामा आगलागी भएको छ । चुनदेवीस्थित एक सोफा फ्याक्ट्रीमा आइतबार साँझदेखि आगलागी सुरु भएको बताइएको छ ।


सोफा फ्याक्ट्रीका संचालकबारे यकिन जानकारी नभएको प्रहरीले जनाएको छ । आगलागीपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।


अहिले पाँच वटा दमकलको प्रयोग गरी प्रहरी टोलीले आगो निभाउने काम गरिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी बसन्त पाठकले जानकारी दिए । 'आगलागीबाट भएको क्षतिको विवरण आएको छैन । हामी आगो निभाउन मात्रै जुटिरहेका छौं । फ्याक्ट्रीका संचालकबारे पनि जानकारी लिने प्रयास गरिरहेका छौं,' डीएसपी पाठकले बताए ।

कमेन्ट गर्नुहोस्