लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही सहित देशभर आगामी तीन दिन गर्मी बढ्ने सम्भावना

IMG

तिलोत्तमा सिटी । बैशाष २९ गते । देशभर गर्मी बढेको छ । बिहानैदेखि घाम चर्किँदा अधिकतम तापक्रम बढ्न थालेको छ । भैरहवाको अधिकतम तापक्रम दिउँसोको समयमा ४० डिग्री सेल्सियसभन्दा माथी छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो भैरहवाको अधिकतम तापक्रम ४० दशमलव ९ डिग्री सेल्सियस पुगेको थियो । यस्तै, सिमरा, विराटनगर, धरान, जनकपुरको अधिकतम तापक्रम ४० डिग्री भन्दा माथीको हाराहारीमा पुगेको छ । अन्य ठाउँमा पनि तापक्रम बढिरहेको छ । बिहान बेलुका खासै समस्या नभए पनि दिउँसोको समयमा टन्टलापुर घाम लाग्दा घरबाहिर हिँडडुल गर्न मुस्किल छ । तराईका जिल्लामा दिउँसोको समयमा बजार सुनसान जस्तै हुन थालेको छ ।


तत्काल पानी पर्ने सम्भावना नरहेकाले तापक्रम अझै बढ्ने मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार तत्कालका लागि पानी पार्ने कुनै पनि प्रणाली विकसित भएको छैन । पहाडी भेगका एक दुई स्थानबाहेक आगामी आइतबारसम्म वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसले गर्दा तापक्रम चढ्ने र गर्मी बढ्ने अनुमान गरिएको छ ।  आगामी आइतबारसम्म पानी पार्ने नयाँ प्रणाली आउने सम्भावना देखिएको छैन  मौसम महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ  । मौसम बदली र वर्षा नहुने तथा मौसम सफा हुनेबित्तिकै गर्मी बढ्छ । आजसमेत ३ दिन खासगरी तराई क्षेत्रमा धेरै गर्मी हुने देखिन्छ ।


कमेन्ट गर्नुहोस्