
तिलोत्तमा सिटी । वैशाख २६ गते । रुपन्देहीको छत्तिस मौजा सामुदायिक सिंचाई प्रणालीमा नयां नेतृत्व चयन भएको छ । हिजो साँझ सम्पन्न निर्वाचनको अन्तिम मतगणनाको परिणाम अनुसार दधिराम गौतम नेतृत्वको प्यानलै बिजयी भएको हो । खसेको कुल ६३२ मत मध्ये अध्यक्ष पदमा बिजयी गौतमले ४ सय मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक यज्ञ गैरेले जानकारी दिनुभयो । छत्तिस मौजा सामुदायिक सिंचाई प्रणालीमा नया नेतृत्व चयनका लागी नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त गठबन्धन प्यानल बनेको थियो थियो भने माओवादी केन्द्र र एकिकृत समाजवादीले अर्को प्यानल बनाएर चुनाबी प्रत्रिस्प्रथामा गएका थिए ।
एमाले र नेपाली कांग्रेसबाट अध्यक्षमा गौतम संगै वरिष्ठ उपाध्यक्षमा रुक्मागत पाण्डे (विदुर), उपाध्यक्षमा विष्णु प्रसाद पाण्डे, सचिवमा होम प्रसाद पौडेल र लेखा संयोजकमा नवराज न्यौपानेले बिजयी हुनुभएको छ । उता माओवादी केन्द्र र एकिकृत समाजवादीबाट अध्यक्षमा विष्णु भट्टराई, बरिष्ठ उपाध्यक्षमा यज्ञश्वर क्षेत्री, उपाध्यक्षमा रामविलास यादव, सचिवमा टानप्रसाद पाण्डे र लेखा समिति संयोजकमा मोहनलाल ज्ञवालीले उम्मेदवारी दिनुभएको थियो । तर उक्त प्यानलबाट उम्मेद्वारी दिएका कसैले पनि जीत हासिल गर्न सकेनन् । अन्तिम परिणाम अनुसार क्षेत्रिय सदस्यमा शिवराम घिमिरे, भेषराज भट्टराई र बालकृष्ण कुंवर बिजयी भएको निर्वाचन समितीले जनाएको छ। सिंचाई प्रणालीमा रुपन्देहीको तिलोत्तमा र ओमसतियाका समेत गरि ६ सय ६६ जना मतदाता रहेका छन् ।
कमेन्ट गर्नुहोस्