लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुदै

tillotmacitynews - 2023 May 02 09:39 AM
IMG

तिलोत्तमा सिटी । बैशाष १९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार विश्वासको मत लिँदै हुनुहुन्छ । अहिले बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकबाट नवनियुक्त मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लाग्नु भएको हो । वैशाख १४ गते ८ दल र एक स्वतन्त्र गरी ५३ प्रदेशसभा सदस्यको समर्थनमा नेपाली कांग्रेसका चौधरी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । चौधरी नेतृत्व सरकारमा माओवादी केन्द्रका धनबहादुर मास्की, नागरिक उन्मुक्ति पार्टीका धर्म चौधरी र जनता समाजवादीका सन्तोष पान्डे बिना विभागीय मन्त्री बन्नु भएको छ । 




केन्द्रको नयाँ समीकरणसँगै मुख्यमन्त्री नियुक्त हुनु भएका चौधरीको पक्षमा सहजै विश्वासको मत पर्ने सम्भावना छ ।  ८७ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले ४४ मत प्राप्त गर्नुपर्छ। उनको पक्षमा कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा, जनमत पार्टी र लोसपाका ३–३ जना सांसद छन्। यस्तै राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका एक–एक तथा स्वतन्त्र एक सांसदसहित ५३ सांसदको समर्थन हुने भएको छ । लुम्बिनी प्रदेश सभामा एमालेका २९ सांसद छन् ।

कमेन्ट गर्नुहोस्