
तिलोत्तमा सिटी १६ बैशाख २०८०। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बैशाख १८ (सोमबार) मा विश्वासको मत लिनु हुने भएको छ । मुख्यमन्त्रीको पदभार ग्रहणपछि बसेको मन्त्रीपरिषद्को पहिलो बैठकबाट आगामी सोमबार विश्वासको मत लिने लिने निर्णय गरिएको मन्त्री धनबहादुर मास्कीले जानकारी दिनुभयो ।
मन्त्री मास्कीका अनुसार बैठकले लुम्बिनी प्रदेशलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, स्थानीय उत्पादनको बजारीकरण गरेर रोजगारी सृजना गर्ने, तथा प्रदेश सरकारलाई घरघरसम्म पु¥याउने गरी कार्यक्रम निर्माण गर्ने निर्णय समेत गरेको छ । विश्वासको मत लिएपछि मन्त्रालय बाँडफाँड तथा मन्त्रिपरिषद विस्तार गर्ने चौधरीको तयारी छ । नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ तथा जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका १/१ जना र स्वतन्त्र १ सांसद गरी ५३ सांसदको समर्थनमा बिहिबार चौधरी मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
गठबन्धनलाई भाग पु¥याउन लुम्बिनी प्रदेशमा मन्त्रालय थप्ने चौधरीको तयारी
गठबन्धनलाई भाग पु¥याउन लुम्बिनी प्रदेशमा मन्त्रालय थप्ने तयारी थालिएको छ । लुम्बिनीमा एमाले नेता लीला गिरी नेतृत्वको सरकारले यसअघिका १७ मन्त्रालयलाई घटाएर १० वटा कायम गरेको थियो । आर्थिक संकट बढिरहेका बेला मन्त्रालय बढाएर आर्थिक भार थप्ने निर्णयले नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई सुरुवातमै विवाद र आलोचनाको घेरामा पार्ने सम्भावना बढेर गएको छ । तर, गठबन्धनका ठूला दल कांग्रेस र माओवादीले मन्त्रालय थप गर्ने निर्णयमा सहमति गरिसकेका छन् ।माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालले सरकारमा सहभागी हुने दल धेरै भएपछि मन्त्रालय थप गर्ने विषयमा गठबन्धनका दलबीच सहमति भएको जानकारी दिनुभयो । ‘सबै मन्त्रीका आकांक्षी छन्, मन्त्रालय थोरै छन्,’ बरालले भन्नुभयो, ‘त्यसैले मन्त्रालयको संख्या ११ देखि १२ पु¥याउनुपर्ने बाध्यता मुख्यमन्त्रीलाई देखिन्छ ।’
कमेन्ट गर्नुहोस्