लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त मूख्यमन्त्रीहरुले आज सपथ लिँदै

IMG

तिलोत्तमा सिटी । बैशाख १५ गते ।  गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले शुक्रबार शपथ ग्रहण गर्ने भएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शुक्रबार बिहान साढे ११ बजे प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ लिने कार्यक्रम रहेको छ । मुख्यमन्त्रीसँगै तीन जना मन्त्रीले पनि शपथ लिने बुझिएको छ । माओवादीबाट एक जना र साना दलहरुको तर्फबाट दुई जनालाई सपथ गराइने बुझिएको छ । यस्तै, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मध्यान्ह सवा १२ बजे प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिने कार्यक्रम छ । मुख्यमन्त्रीसँगै केही मन्त्रीको पनि शपथ हुने बुझिएको छ । मन्त्रालयको भागबण्डा टुंगो नलागेकाले सबै मन्त्रीहरुको सपथ नहुने बताइएको छ ।


कमेन्ट गर्नुहोस्