
तिलोत्तमा सिटी । बैशाष ८ गते । नेपाली काँग्रेस तिलोत्तमा नगर वडा न. ७ को सम्मेलन तथा भेला आज सम्पन्न भएको छ । काँग्रेस नगर सभापति हरिलाल पाण्डेको अध्यक्षता एवं नेपाली काङ्ग्रेस केन्द्रीय गंगा शाहीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि शाहीले नेपाली काँग्रेसकै कारण देशले आर्थिक, सामाजिक एवं शैक्षिक क्षेत्रमा क्रान्तिकारी ढङ्गले कामगरेको बताउदै काँग्रेसले प्रचारमुखिभन्दा पनि आमजनताको मन जित्ने गरि दिगो काम गर्दै आएको बताउनुभयो । काङ्गेस जिल्ला सभापतिसमेत रहनुभएका तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले नेपाली काँग्रेस कमजोर भए राष्ट्रियता कमजोर हुने बताउँदै उद्योगधन्दा, कलकारखानालगायत देशमा भौतिक र मानवीय विकास लगायतका हरेकक्षेत्रलाई लक्षित गर्दै काँग्रेसले देशमा रोल मोडल प्रस्तुत गरेको दाबी गर्नुभयो । उहाँले आफुले नगरपालिकामा जितेर आइसकेपछि पार्टीवादी चिन्तनलाई छाडेर सबैको साझा भएर काम गर्ने दृढ संकल्प लिएको उल्लेख गर्नुभयो । काङ्ग्रेस वडा सचिव स्स्वति गैह्रेको सञ्चालन रहेको कार्यक्रममा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणानिधि भण्डारी माधव,नेपाली काङ्ग्रेस जिल्ला सदस्य स्स्मा हमाल, नेपाली काँग्रेस तिलोत्तमा ७ का वडा अध्यक्ष दिनमणि पंगेनी, निर्वाचित वडा सदस्य कल्पना रोकालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्