लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज प्रतिनिधि सभाको बैठक बस्दै

tillotmacitynews - 2023 Apr 16 10:00 AM
IMG

तिलोत्तमा सिटी । बैशाष ३ गते । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ । बैठक दिउँसो एक बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ ।यस्तै, देवराज घिमिरेले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने पनि कार्यसूची रहेको छ । बैठकमा सभामुख घिमिरेले कांग्रेसका नेता तथा पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।


कमेन्ट गर्नुहोस्