लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका जनप्रतिनिधि र वडासचिवसँग घटना दर्ता सम्बन्धी अन्तरक्रिया

IMG

तिलोत्तमा,२०७९ चैत्र २६। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागको निर्देशन अनुसार नेपालका हरेक पालिकाहरुमा बैशाख १ गते देखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह २०८० हुने भएको छ।  सोही कार्यक्रमलाई घर घरमा पुर्याउन तिलोत्तमा नगरपालिकाका १७ वटै वडाका जनप्रतिनिधि र वडासचिवसँग घटना दर्ता सम्बन्धी अन्तरक्रिया सम्पन्न गरिएको छ। सप्ताहलाई भब्य रुपमा मनाउने अन्तर्गत घटना दर्ता गर्दा जनप्रतिनिधिहरु सचेत भएर आम नागरिकलाई सेवा प्रवाह गर्न सहजता प्रदान गर्न रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आइतबार घटना दर्ता सम्बन्धी जनप्रतिनिधि र वडा सचिवहरुसँग अन्तरक्रिया गरेको छ ।


तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले सेवाग्राहीले कानुनी नीति नबुझी कर्मचारीसँग बाझिने गर्दा समयमै सेवा प्रवाह गर्न नसकेको बताउनुभयो। उहाँले घटना दर्ता गर्न पाउने आधार हरु र सिफारिस र निर्णयका बारेमा स्पस्ट धारणा आए मात्र घटना दर्ताको प्रक्रियाबारे जनप्रतिनिधि सर्तक भएर सेवा प्रवाह गर्न सकिने बताउनुभयो ।


सो अवसरमा बोल्दै तिलोत्तमा वडा नम्बर ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेलले कुनै पनि हालतमा वडामा आएका सेवाग्राहीलाई कुनै पनि बहानामा घटना दर्ता गर्न ढिलासुस्ती गर्न नहुने जनाउँदै सरकारले ताेकेको मापदण्डअनुसार सेवालिन सहजता प्रदान गर्नुपर्नेमा उहाँले जाेड दिनुभयाे ।


त्यस्तै सोहि कार्यक्रममा बोल्दै वडा नम्बर १६ का अध्यक्ष झविलाल भुसाल, वडा नम्बर १ का फर्शुराम गिरि, वडा नम्बर-३ का कल्याण पौडेल, वडा नम्बर ४ का हरिबहादुर क्षेत्री, वडा नम्बर-९ का अध्यक्ष ध्रुव न्यौपाने, वडा नम्बर-१३ का अध्यक्ष नारायण ढकाल, वडा नम्बर-१७ का अध्यक्ष दान बहादुर चौधरी, विभिन्न वडाका सचिव हरुले सप्ताह सम्बन्धी सल्लाह सुझाव र प्रतिक्रिया दिएका छन्। सो अन्तरक्रियाको संचालन मोहन न्यौपानेले गर्नुभएको हो भने कार्यक्रमबारे पंजीकरण शाखाका युवराज तिवारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। जन्म, मृत्यु, बसाईंसराई,बिबाह, सम्बन्ध बिच्छेद लगायतका व्यक्तिगत घटना दर्ताबारे सेवाग्राहीलाई जनचेतना नहुँदा समयमै घटना दर्ता नभई पछि दु:ख पाउने गरेको तिवारीले जानकारी दिनुभयाे । घटना दर्ता अभियानको क्रममा नगरपालिकाले यही चैत्र २७ गतेदेखि नै कार्य तालिका अनुसार  जनचेतनाका कार्यक्रम गर्ने, प्रभात फेरी, संचार माध्यमबाट सुचना प्रसारण, वडाहरुका बिद्यालय, कार्यालय, सार्बजनिक स्थानमा विभिन्न कार्यक्रम गरेर भब्य मनाउने तयारी गरेको छ। 



कमेन्ट गर्नुहोस्