
तिलोत्तमा,२०७९ चैत्र २१। आन्तरिक हवाई उडानको भाडा घटेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएपछि आन्तरिक उडानमा रहेका वायु सेवाको हवाई भाडाअन्तर्गतको 'फ्युल सरचार्ज' घटेको हो ।नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार सुगम रुटमा सबैभन्दा धेरै काठमाण्डाै–धनगढी रुटको हवाई भाडामा ४ सय ४० रुपैयाँ घटेको छ भने सबैभन्दा कम काठमाण्डाै–सिमरा रुटमा ९० रुपैयाँ घटेको छ । घटेकाे भाडा भाेलि बुधवारदेखि लागू हुनेछ । घटेको 'फ्युल सरचार्ज' यस्तो छ–
कमेन्ट गर्नुहोस्