
तिलोत्तमा,२०७९ चैत्र २१। नेकपा (एमाले) केन्द्रिय कमिटी द्वारा संचालित "मिसन ग्रास रूट"अभियान , पार्टी सुदृढीकरण तथा बिस्तार अभियान तिब्र रुपमा अघि बढेको छ। अभियानको क्रममा लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला, तिलोत्तमा वडा नम्बर २ को सगरमाथा टोल कमिटिको बृहत भेलाबाट नेकपा एमालेका युवा नेता राममणि खनालको अध्यक्षतामा १७ सदस्यीय टोल कमिटि गठन गरिएको छ ।
वडा कमिटि अध्यक्ष भुवन आचार्यकाे अध्यक्षता तथा पार्टी प्रदेश कमिटी सदस्य मीन प्रसाद न्याैपानेको प्रमुख आतिथ्यतामा "मिसन ग्रास रूट"अभियान तिब्र पारिएको हो। मिसनमा खटिएका प्रदेस सल्लाहकार सदस्य टिकानिधि गाैतम, महिला नेतृ जिल्ला कमिटी सदस्य निशा शर्मा न्याैपाने, प्रदेस बिभाग सदस्य, ध्रुव सापकाेटा रिटर्नि फेडेरेसनका लुम्बिनि प्रदेस सह -ईन्चार्ज ध्रुव पाण्डे, कुलमणि ज्ञवालि,देबि प्रसाद घिमिरे,माधव ज्ञवालि नगर कमिटि सदस्य तथा वडा इन्चार्ज साबित्रा आचार्य पन्थि,उर्मिला अर्याल, नगर सल्लाहकार सदस्य बिष्णु खनाल, राष्टिय युवा सङ्घका जिल्ला सचिव दिपेस कडेल, अखिल नेपाल किसान महासङ्घ तिलाेत्तमा नगर सचिव हिमलाल बस्याल लगायत पार्टीका अन्य जिम्मेवारनेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
भेलामा सगरमाथा टाेल संस्थाकी जेष्ठ महिला ८२ बर्षिय डाेल कुमारि थापाकाे आतिथ्यता समेत रहेको "मिसन ग्रास रूट"अभियान कार्यक्रम सचिव ईश्वर न्याैपानेले बताउनुभयो। कार्यक्रममा पार्टी वडा अध्यक्ष लगायत उपस्थित अतिथिहरुले नव निर्वाचित सम्पुर्ण टाेल कमिटिलाई बधाई तथा सफल कार्यकालकाे शुभकामना प्रकट गरिएको थियो।
कमेन्ट गर्नुहोस्