लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिद्धबाबा सडकआजदेखि दैनिक ९ घण्टा बन्द हुने, अत्यावश्यकीय सवारी साधन संचालन हुने

IMG
  • तिलोत्तमा सिटी । चैत्र २१ गते । बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा आजदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ । सडकखण्ड अन्तरगत बन्दै गरेको सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि आज मँगलबारदेखि दैनिक ९ घण्टा सडक बन्द रहने भएको हो । निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य शुरु गरेको र माथिबाट खुकुला ढुंगाहरु पहरोबाट खस्ने भएकाले सडक सूचारू गर्दा जोखिम हुने भएकाले हरेक दिन विहान ११ बजेदेखि दिउँसो २ बजे तथा रातको १० बजेदेखि विहान ४ बजेसम्म सडक अवरुद्ध हुने छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको अध्यक्षतामा आइतबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको थियो ।  बैठकमा अर्को सूचना जारी नभएसम्म  बन्द रहने सडकमा एम्बुलेन्स लगायत अत्यावश्यकीय सवारी साधन सञ्चालनमा भने अवरोध नहुने गरी कार्य गर्न सम्बन्धित योजना कार्यालयले व्यवस्था मिलाउने निर्णय भएको छ ।

कमेन्ट गर्नुहोस्