लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सरसफाई अभियानसंगै तिलोत्तमा नगरपालिकामा चैत्र १ देखि ‘नो हर्न ’

IMG

तिलोत्तमा,२०७९ फागुन २४। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘नो हर्न ’घोषणाको तयारी गरिएको छ । समुदायमा आधारित हरियाली प्रबर्धन तथा नियमित सरसफाई अभियानको १०० औं दिन पूरा भएसँगै चैत्र १ गते मूल समारोह गरेरै तिलोत्तमालाई ‘नो हर्न नगर’ घोषणा गरिने भएको हो ।चैत्र १ गतेदेखि नगरक्षेत्रको सिद्धार्थ राजमार्ग तथा भित्री सबै सडकमा हर्न बजाउन पाइने छैन । हर्न बजाए जरिवाना तोकिनेगरि तयारी अघि बढेको नगर प्रमुख रामकृष्ण खाँणले जानकारी दिनुभयो । तिलोत्तमा मुलुककै उत्कृष्ट नगरपालिका भएर पुरस्कृत समेत भैसकको छ । नगरले सप्ताहव्यापी कार्यक्रमसहित सरसफाइ अभियानको सयौं संस्करण मनाउँन लागेको जनाएको छ ।


सप्ताहव्यापी कार्यक्रम अन्तरगत फागुन २५ गते टेलिभिजन बहस कार्यक्रम, २६ गते विद्यालय स्तरीय वक्तृत्वकला तथा कला प्रदर्शनी प्रतियोगिता, २७ गते नगर स्तरीय सरसफाई र रक्तदान कार्यक्रम गरिने नगर प्रमुख खाँणले बताउनुभयो ।फागुन २८ गते सामुदायिक-संस्थागत विद्यालय तथा कलेज परिसर र शौचालय सरसलाई, २९ गते आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सहकार्यमा लक्षित समुदायलाई १ हजार थान कम्पोष्टविन वितरण र ३० गते मानव साङ्लोसहित सिक्सलेन सडक सरसफाई गरिने उप प्रमुख जगेश्वर देवी चौधरीले बताउनुभयो ।


अभियानको १०० औं श्रृङ्खलामा विभिन्न जातजाती तथा साँस्कृतिक झाँकी प्रदर्शन तथा अभियानमा सहभागी व्यक्तिहरुलाई सम्मान गरिने भएको छ । सोही दिननै नगरमा कुहिने र नकुहिने फोहोर अलग–अलग उठाउने कार्यक्रमको सुरुवात गरिने जनाइएको छ ।तिलोत्तमाका १९९ टोल बिकास संस्था मार्फत हरियाली प्रवर्द्धन तथा सफाई अभियान सञ्चालन गरिएको कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।नगरमा हाल ४० जना सरसफाईकर्मीद्वारा फोहर संकलनको काम भैरहेको तथा १७ वटै वडामा फोहरमैला संकलन तथा व्यवस्थापन हुँदै आएको छ ।


तिलोत्तमामा हाल दैनिक २८ टन कुहिने तथा नकुहिने फोहर उत्सर्जन हुँदै आएको प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले बताउनुभयो ।बुधबार नगरपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलले सचेतना सम्बन्धि प्रचार प्रसारलाई थप वृहत र व्यवस्थित गराउन सुझाब दिनुभयो ।तिलोत्तमा बालमैत्री ,पूर्ण सरसफाइ युक्त,खुल्ला पलास्टिक मुक्त तथा अन्तराष्ट्रिय गुणस्तर प्रमाणित नगरपालिका समेत हो भने देशमै सबैभन्दा बढि बसाइसराइ गरेर मानिसहरु यहाँ आउने गरेको प्रमुख प्रशासकिय अधिकृत अर्यालको भनाइ छ ।

कमेन्ट गर्नुहोस्