
तिलोत्तमा,२०७९ फागुन २४। मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले ११३ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा बुटवलमा प्रदर्शन गरेको छ । बुटवल ब्लड बैंक अगाडि महिला अधिकार, मानव अधिकार, व्यवहारमा समानता, अवसरमा समानता लेखिएको प्लेकार्डहरु समेत प्रदर्शन गरिएको थियो ।सो अवसरमा बोल्दै मानव अधिकार तथा शान्ति समाजका सल्लाहकार तथा निवर्तमान सभापती गोविन्द खनालले अझै पनि समाजमा महिलामाथि अन्याय र अत्याचार कायमै रहेकाले त्यसका विरुद्ध सचेतनाको जरुरी रहेको बताउनुभयो । उहाँले संवैधानिक रुपमा ३३ प्रतिशत अधिकार लेखिएको भएपनि मन्त्रिमण्डल, सरकारी नियुक्तिमा अझै कार्यान्वयन नभएकाले खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।
नारी दिवसमा गरिएको प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव मिना ढकाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियार, तितेपाती वचत तथा ऋण सहकारीका अध्यक्ष कमला कुँवरले नेपाली समाजमा अझै पनि महिलामाथि विभेद रहेकाले समानताका लागि एकजुटहुनुपर्ने बताउनुभयो ।कार्यक्रममा शान्ति समाज रुपन्देहीका सभापती खिमप्रसाद भट्टराई (कृष्ण), उपसभाति कपिल ज्ञवाली, सहसचिव सिता पौडेलले बोल्दै मानव अधिकार शान्ति समाज समानता र न्यायका लागि सदैव क्रियाशिल रहने बताउनुभयो ।
कमेन्ट गर्नुहोस्