
तिलोत्तमा, १८ फागुन २०७९। नगर सरसफाई एवं हरियाली प्रवर्द्धनमा १०० औं श्रखला मनाउने तयारीमा रहेको तिलोत्तमा नगरपालिकाले आज राजनैतिक दल एवं सुरक्षा निकायका प्रमुखसँग छलफल गरेको छ । बिहिवार नगरपालिकाको आफ्नै सभाहलमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरूले, तपाहाबाट बगेर आउने फोहोरका कारण नगरक्षेत्रका खेतिबाली प्रभावित हुनुका साथै सडक नहर दुर्धन्धित बनेको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएका छन । साथै उनीहरूले छाडा चौपाया, क्रसर उद्योगबाट निस्कने धुँवा-धुलो, सडकमा राखिने निर्माणजन्य सामाग्री, विद्यालय हाताभित्र र बाहिर हुने प्लाष्टिकजन्य पदार्थको बढ्दो प्रयोगले सरसफाई अभियानलाई प्रभावित पार्न सक्ने भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएका छन । सहभागीले प्रचारमुखि भन्दा पनि देखिने गरि काम गर्न आग्रह गरेका छन ।
कार्यक्रममा माओबादी केन्द्र तिलोत्तमा नगर अध्यक्ष बेल प्रसाद शर्मा, नेकपा एमाले नगर कमिटी उपाध्यक्ष नेत्र बन, राष्ट्रीय जनमुक्ति पार्टी तिलोत्तमा नगर अध्यक्ष हुम बहादुर बुढाथोकी, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर प्रतिनिधि महेन्द्र उपाध्याय, नेपाल रेडक्रस सोसाईटी मणिग्राम शाखा प्रमुख टेक बहादुर थापा, राष्ट्रिय जनमोर्चाका नगर प्रतिनिधि रूक बहादुर पराजुली, राप्रपा तिलोत्तमा प्रतिनिधि राधिका पाण्डे, तिलोत्तमा उद्योग बाणिज्य संघका महासचिव राजकुमार पाण्डे, नेपाली काँग्रेस तिलोत्तमा नगर कमिटी अध्यक्ष हरिलाल पाण्डे, माओवादी केन्द्र तिलोत्तमा नगर प्रवक्ता अनिल चापाँगाई, जनता समाजवादी पार्टी तिलोत्तमा अध्यक्ष ब्यासमुन चौधरी, सुरक्षा निकायको तर्फबाट प्रहरी नायब निरिक्षक प्रकाश बहादुर शाही लगायतले सुझाव एवं राय सल्लाह दिनुभएको थियो ।
सहभागीका जिज्ञासा मेटाउदैं कार्यक्रममा प्रमुख अतिथि एवं प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले, आम नगरबासीको साथ सल्लाह र सुझाव लिएर अघि वढ्न नगरपालिकाले सप्ताहब्यापी कार्यक्रमको आयोजना गरेको बताउनुभयो । साथै वहाँले चैत्र १ गते आयोजित मुल समारोहमा छाडा चौपाया ब्यवस्थापन बारेको पशु सम्बन्धि मोबाईल एप र सरसफाई एवं हरियाली प्रवर्द्धनलाई अभिलेख गर्ने गरि मणिग्राम चोकमा सरसफाई स्मारकको पनि उदघाटन गर्ने तैयारी रहेको जानकारी दिनुभयो ।कार्यक्रम वातावरण शाखा एवं अभियानका संयोजक सुरेन्द्र श्रीको अध्यक्षता एवं हरियाली प्रवर्द्धन एवं नगर सरसफाई संयोजक गोरखनाथ खनालको संन्चालनमा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस्