लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नमस्ते एकेडेमीमा साताब्यापी खेल महोत्सब शुरु

tillotmacitynews - 2023 Feb 21 11:17 PM
IMG

तिलोत्तमा,२०७९ फाल्गुण ९ गते। द ब्रिटिश कलेजको व्यवस्थापनमा संचालित तिलोत्तमा १४ खैरियस्थित नमस्ते एकेडेमीमा सप्ताहव्यापी खेल महोत्सब शुरु भएको छ । मोफसलमा रहेर उत्कृस्ट शिक्षण बिधि अवलम्बन गरेको एकेडेमीले  योगा, फुटशल, कराते, फूटबल, क्रिकेट, बास्केटबल लगायतका खेलहरु समाबेश गरि खेल सप्ताह शुरु गरेको बिद्यालयका सस्थापक प्राचार्य राजेन्द्र कुँवरले जानकारी दिनुभएको छ । खेल महोत्सवबारे जानकारी दिन मंगलबार बिद्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै बिद्यालयका व्यवस्थापक इञ्जिनियर उमेश कंडेलले, खेलाडीको मनोबल उच्च राख्दै बिद्यार्थीको शारीरिक र मानसिक क्षमता मापन गर्ने उद्ध्ेश्यले खेल महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो । 


महोत्सबमा फिल्ड एंड ट्रयाकमा १०० देखि ८०० मिटरका दौड, ससाना बालबालिकाहरुलाइ लक्षित गरि आयोजना गरिएका म्याथ रेस, स्पुन रेस, स्किपिंग लगायत अन्य थुप्रै मनोरन्जनात्मक खेलहरु समेत समाबेश गरिएको कराते प्रशिक्षक मोहम्मद अलीले बताउनुभयो । महोत्सवले बिद्यार्थीहरूलाई शारीरिक एवं मानसिक रुपमा सक्षम बनाउनुका साथसाथै खेलका अन्तरास्ट्रिय निंयम कानुन, खेल भावनाको बिकाश तथा अतिरिक्त क्रियाकलापमा बिद्यार्थीहरुलाई अब्बल बनाउन प्रगियोगिता सहायक सिद्ध हुने अतिरिक्त क्रियाकलाप प्रमुख रोमा शर्माले जानकारी दिनुभयो । 


ओलम्पिक खेलको झल्को दिने गरि एकेडेमीले आयोजना गरेको खेल उत्सव अबको एक हप्तासम्म सन्चालन हुनेछ । यसैबीच नमस्ते एकेडेमीले शैक्षिक सत्र २०८० बाट नेपाल मै पहिलो पटक  कक्षा १ देखि ७ सम्म क्याम्ब्रिज यूनिवर्सिटीले पठन पठान गराउदै आएको अंग्रेजी, गणित र बिज्ञान बिषयको पठन पाठन गराउने तयारी गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । गत वर्ष नगरपालिकाबाट  सर्वोत्कृष्ट सस्थागत बिद्यालयको पुरस्कार पाएको स्कूलले खेलकुदलाई समेत पहिलो प्राथमिकतामा राख्दै पाठ्यक्रम मै समाबेश गरिएको बिद्यालयका  सह प्राचार्य लिलामणि पाण्डेयले जानकारी दिनुभयो । यसैगरि नमस्ते एकेडेमीको कक्ष्या ३ मा अध्यनरत छात्र संयम कडेल श्रीलंकामा हुने अन्तरास्ट्रिय कराते प्रतियोगितामा भाग लिन त्यस तर्फ जान लागेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।



कमेन्ट गर्नुहोस्