लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘माघ ७ गते पडसरीमा माघी महोत्सव–२०७९ हुने

tillotmacitynews - 2023 Jan 18 10:41 PM
IMG

सरू राना / तिलोत्तमा,२०७९ माघ ४ गते। रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर २ स्थित पडसरीमा माघी  महोत्सव–२०७९ हुने भएको छ । २६४७ औं थारु लवा वर्ष एवं माघी (खिचडी) पर्वको अवसरमा यही माघ ७ गते शनिबार महोत्सव हुने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति, रुपन्देहीको आयोजना तथा थारु कल्याणकारिणी सभा ओमसतिया गाउँपालिकाको सह–आयोजनामा हुने महोत्सवको पूर्व गृहमन्त्री बालकृष्ण खाणले उद्घाटन गर्नुहुने थारु कल्याणकारिणी सभा रुपन्देहीका अध्यक्ष सतिश कुमार चौधरीले बताए ।


थारु संस्कृतिको जर्गेना गर्ने उद्देश्यले ओमसतिया–२ पडसरी स्थित थारु कल्याणकारिणी सभाको भवन क्षेत्रमा महोत्सव आयोजना गरिने चौधरीले बताए । उनले भने, ‘माघ ७ गते शनिबार मध्यान्ह १२ बजे महोत्सवको उद्घाटन हुनेछ, सोही दिन थारु कल्याणकारीणी सभाको सचिवालय भवन तथा थारु संग्रहालयको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ ।महोत्सवमा थारु परिकारहरु राखिने चौधरीको भनाइ छ । 


महोत्सवको पूर्व संध्यामा माघ ६ गते शुक्रबार बिहान ९ बजे रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिए । उनले माघ १ गते माघी मनाइने भए पनि थारुहरुको लागि माघ महिनाभरी नै उत्सवको रुपमा हुने गरेको बताए ।‘थारु भाषा, कला संस्कृति अउर पहिचान, न्याय समानता, अधिकारके संघर्ष हम्मनके अभियान’ भन्ने नाराका साथ थारुहरुले धुमधामका साथ थारु लवा वर्ष मनाउने उनले जानकारी दिए ।


महोत्सवमा गायक मिलन चौधरी, धनश्याम सेञ्चुरी, दिपेन चौधरी, गायिका उमा चौधरी लगायतको प्रस्तुति रहने आयोजकले जनाएका छन् ।थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति, रुपन्देहीका अध्यक्ष सतिश कुमार चौधरीको , ओमसतिया गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीको स्वागत तथा थारु कल्याणकारिणी सभा रुपन्देहीकी सचिव सरिता चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


कमेन्ट गर्नुहोस्