लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमाले लुम्बिनीको संसदीय दलको नेतामा गिरी सर्वसम्मत चयन

IMG
तिलोत्तमा, पौष १७,२०७९ साल। नेकपा (एमाले) लुम्बिनी संसदीय दलको बैठकले दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज लिला गिरीलाई सर्वसम्मत चयन गरेको छ ।चेतनारायण आचार्यलाई उपनेता चयन गरिएको छ । आज प्रदेशसभा सदस्यहरूको शपथ ग्रहणपछि देउखुरीमा बसेको बैठकले दुवैलाई सर्वसम्मत चयन गरेको हो । गिरी रूपन्देही–२ (१) बाट र आचार्य अर्घाखाँची–१ (२) बाट निर्वाचित सदस्य रहेका छन् ।

उनीहरू दुवै पूर्वमन्त्री हुन्।सभामुख र मुख्यमन्त्री एक हप्ताभित्र सहमतिमा टुङ्गो लाग्नेसमेत एमाले महासचिव शङ्कर पोखरेले जानकारी दिए। लुम्बिनीमा प्रत्यक्षतर्फ ५२ र समानुपातिक ३५ गरेर ८७ सदस्य प्रदेशसभा रहेको छ ।एमाले २९ सदस्यसहित सबैभन्दा ठूलो दल छ । नेपाली कांग्रेस २७, नेकपा (माओवादी केन्द्र) नौ, राप्रपा चार, नागरिक उन्मुक्ति पार्टी चार, जनमत पार्टी तीन, जनता समाजवादी तीन, लोकतान्त्रिक समाजवादी तीन, राष्ट्रिय जनमोर्चा एक, नेकपा (एकीकृत समाजवादी)एक र स्वतन्त्र तीन प्रदेशसभा सदस्य छन् ।

कमेन्ट गर्नुहोस्