लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा चन्द्रमणी भुसालको उम्मेदवारी

IMG

तिलोत्तमा,२०७९ पौष १ गते । नेपाल जेसीज बर्ष २०२३ को राष्ट्रिय उपाध्यक्षमा चन्द्रमणी भुसालले उम्मेदवारी दिएका छन् । राष्ट्रिय महाधिवेशन पुस ७-१० गतेबाट बिरगंजमा हुदैछ । भुसाल बुटवल जेसीज-२०२२ का अध्यक्ष समेत हुन् ।बुटवल १३ निवासी भुसालले आफूले निर्वाचन जित्ने दाबी गरे । ‘मैले करिब २० दिनजति चुनावी अभियानमा शाखा भ्रमण गरेँ,साथीहरुको माया नै जित्ने आधार हो ।’ उनले नागरिक अनलाइनसंग भने । उनले जेसिज अभियानलाइ अझै शशक्त बनाउने बताए । 


१२ जना राष्ट्रिय उपाध्यक्ष निर्वाचित हुने भएपनि अहिलेसम्म १९ जनाको उम्मेदवारी परेको छ । त्यस्तै १ जना अध्यक्षका लागि ६ जनाको उम्मेदवारी मनोनयन भैसकेको छ ।राष्ट्रिय महाधिवेशनमा करिब १ हजार ५ सय भाेटर छन् ।

कमेन्ट गर्नुहोस्