
तिलोत्तमा, २०७९ मङ्सिर ७ गते । रुपन्देही–४ (२) मा नेपाली कांग्रेसका वसिउद्दिन खाँ विजयी हुनुभएको छ। एघार हजार तीन सय पाँच मतका साथ खाँ प्रदेश सभा सदस्यमा दोस्रोपटक निर्वाचित हुनुभएको हो ।चालिस हजार नौ सय ६३ मतमध्ये खाँका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवले आठ हजार दुई सय ६५ मत प्राप्त गर्नुभएको छ भने जनमत पार्टीका अर्जुनप्रसाद जयसवालले सात हजार छ सय ६१ मत पाउनु भएको हाे ।यस क्षेत्रमा प्रतिनिधि सभा सदस्यको मतगणना जारी रहेको छ । प्रतिनिधि सभामा लोकतान्त्रिक समाजवादीका सर्वेन्द्रनाथ शुक्ल अगाडि हुनुहुन्छ ।
कमेन्ट गर्नुहोस्