लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनताका नेता बिनोद पहाडी रुपन्देही क्षेत्र नं ५ मा जित सुनिश्चित गर्दै

tillotmacitynews - 2022 Nov 16 10:35 PM
IMG

तिलोत्तमा सिटी न्युज, २०७९ कार्तिक ३० गते। नेकपा माओवादी केन्द्रका नेता तथा रुपन्देही निर्वाचन क्षेत्र न. ५ (१) का गठबन्धनका साझा उम्मेद्वार विनोद पहाडीले विपन्न,सुकम्बासी र उत्पीडित समुदायको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन ।निर्वाचन क्षेत्र न. ५ को १ अन्र्तगतका विभिन्नक्षेत्रमा चुनावी भेटघाटका क्रममा उम्मेद्वार पहाडीले नागरिकले भोगेका दैनिक अप्ठ्याराहरुलाईसमाधान गर्ने प्रतिबद्धता जनाएका हुन । कञ्चन गाउँपालिका वडा न. १ लौसामा जागरणसृजनशिल आमा समूह र कञ्चन जागरण दलित सञ्जालले मंगलबार आयोजना गरेकोअन्तरक्रिया कार्यक्रममा बोल्दै पहाडीले निर्वाचन क्षेत्रमा रहेका विपन्न, दलित तथामहिलाहरुलाई आत्मनिर्भर र सक्षम बनाउने कार्यक्रम लागू गर्ने बताए ।उनले निर्वाचनक्षेत्रमा रहेका विपन्न र दलित तथा महिलाहरुको जीवनस्तर उकास्ने सवालमा गठबन्धनका तर्फबाटउम्मेद्वार भएका प्रतिनिधिसभाका भरतकुमार शाह र आफू संवेदनशिल रहेको बताए ।


 निर्वाचनक्षेत्रलाई खरको छानामुक्त, महिला तथा विपन्न समुदायका लागि घुम्ती स्वास्थ्य सेवा समेतसञ्चालन गर्ने पहाडीले घोषणा गरे । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेतरहेका पहाडीले अहिलेको गठबन्धन विपन्न र सिमान्तकृत नागरिकको अधिकार संरक्षणका लागिबनेको बताए । उने विगतमा केन्द्रीय बजेट पारेर प्रतिनिधिसभाका उम्मेद्वार काँग्रेसनेता शाहले काम गरेको बताउँदै अब थप कामहरु हुने विश्वास दिलाए । उनले गठबन्धनकाउम्मेद्वारलाई जिताएर पछुतो मान्ने अवस्था आउन नदिने बताए ।


कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका उपसभापती डा. अनिता शाहले कञ्चन क्षेत्रमा अझै पनिभौतिक विकास गर्न बाँकी रहेको बताउँदै अब मानवीय विकासका लागि समेत गठबन्धनका उम्मेद्वारहरुले काम गर्ने बताइन । शाहले गठबन्धनको स्थानीय सरकार बनिसकेको रअब संघ र प्रदेशमा समेत गठबन्धनको उम्मेद्वार जिताएमा मात्रै दलित, महिला तथासिमान्तकृत समुदायहरुले अधिकार स्थापित हुने बताईन ।उक्त अवसरमा कञ्चन जागरण दलित सञ्जालका अध्यक्ष राजकुमार सुनार, सदस्य  दिल मायाँ विक तथा कृष्णढुंगानाले बोल्दै स्थानीयहरुलाई रोजगारीसँगै विकास निर्माणमा जोड्न आग्रह गरेकाथिए । मंगलबार विभिन्न क्षेत्रमा घरदैलौ गरिएको छ ।

कमेन्ट गर्नुहोस्