
तिलोत्तमा,२०७९ साल २३ कार्तिक। रुपन्देही २(२) गठबन्धनका साझा उम्मेदवार बामदेव क्षेत्रीले नयाँगाउँ र बेलबासलाई आधुनिक सिटको रुपमा विकास गर्ने बताएका छन् ।वाड नं १२ मा निर्वाचन परिचालन कमिटिले आयोजना गरेको संयुक्त गठबन्धन दलका अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीले नयाँगाउँ र बेलबासलाई आधुनिक सिटको रुपमा विकास गरि महिलहरुलाई स्वरोजगार बनाउने र महिला बालाबालिका शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकता दिने बताएका हुन्।
सोहि क्षेत्रमा सुचना केन्द्र वा जनगुनासो केन्द्र स्थापना गरेर जनताको गुनासो संबोधन गर्ने र जनहितमा काम गर्ने बताए । सुकुम्बासी बासीको हकमा हामी सुकुम्बासी आयोगबाट हामी समस्या समाधान गर्छै तर यो अधिकार तपाईहरुले दिनु पर्यो जब हामी निर्वाचित हुन्छौ तिनै तहको सरकार बन्छ तव मात्र हामी अधिकार प्राप्त हुन्छ र तपाईहरुका समस्या समाधान गर्छौ त्यसकरण एकपटक सेवा गर्ने अबसर दिन मतदात तथा अगुवा कार्यकर्ताहरुलाई आग्रह गरे ।
पटकपटक संसद विघटन गर्ने एमाले अहिले राजतन्त्र ल्याउनु पर्छ भनेर राप्रपा सगँ सहकार्य गरि चुनावि प्रतिस्पर्धामा आएको छ । हामी हिजो जुन सङ्घर्षबाट यहाँ आएका छौ नेपाली जनताको लामो त्याग र बलिदानबाट गणतन्त्र आयो त्यो हाम्रो महान जित थियो हामी देशको परिवर्तनका लागी सफल भएका थियो ।त्यसै गरी मंसरि ४ मा पनि हाम्रो महान जित हुनेछ।
संबिधानलाई कुल्चिने प्रतिगमनकारी राजतन्त्र ल्याउने हरुलाई परास्त गर्नेछौ । त्यो जित कुनै एउटा पाटिको कुनै एउटा व्यक्तिको नभई समग्र जनताको हुनेछ । त्यसका लागी गठबन्धनलाई अझै बलियो बनाएर लैजानुपर्ने बताउदैँ गठबन्धनलाई कमजोर बनाउने प्रयास अझै पनि भइरहेकाले प्रतिगमनकारी शक्तिलाई सशक्त भएर किनारा लगाउनको लागी पनि गठबन्धन आवश्यक रहने बताए ।
त्यस्तै प्रतिनिधि सभाका उम्मेदवार केशव वहादुर थापाले विकासका नाममा भइरहेका भ्रष्टचार रोक्न तथा राज्यका अंगहरुलाई पारदर्शी र सुशासनयुक्त बनाउनका लागि समृद्धि, सुशासन, समावेशिता र सहकार्यलाई अबलम्बन गर्न नयाँ तर जनता संग प्रत्यक्ष सरोकार राख्ने दिर्घकालीन बिकासका योजना अगाडि ल्याउने बताए ।
कमेन्ट गर्नुहोस्