
तिलोत्तमा,२०७९ साल १९ कार्तिक। स्वतन्त्र नागरिक समुह नेपालले आगामी मंसिर ४ मा हुने निर्वाचन बहिस्कार गर्ने भएको छ । अहिले जारी भएको संविधान नै गलत भएको भन्दै नयाँ संविधान जारी गर्न माग सहित समुहले शान्तिपूर्ण आन्दोलनको रुपमा निर्वाचन बहिस्कार गर्ने जनाएको हो ।बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी समुहका अध्यक्ष विश्वराज गैरेले गलत बाटोबाट ल्याइएको धर्मनिरपेक्षाता र आवश्यकता नभएको संघीयता तथा एमसीसी परियोजना देशको राष्ट्रियता र स्वाधीनताका माथीको कलंक भएको भन्दै आसन्न प्रतिनीधी सभा र प्रदेश सभा निर्वाचन बहिस्कार गर्ने जनाएका हुन ।
कमेन्ट गर्नुहोस्