लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘मलाइ कसैको करियर सक्नु छैन,झुक्काएर निकोलसबिरुद्ध हस्ताक्षर गराए’ : टाेपनारायण पौडेल

IMG

तिलोत्तमा सिटी न्युज, असोज २८ गते । रुपन्देही क्षेत्र न २ का स्वतन्त्र उम्मेदवार डा.कमल भुसाल (निकोलस) विरुद्ध उजुरी दिने टाेप नारायण पौडेलले आफूलाइ झुक्काएर हस्ताक्षर गराइएकोे र त्यसकोे दुरूपयोग भएकोे गुनासाे गरेका छन् । उनले टेलिफाेनमा भने -‘मलाइ एमालेका मान्छेले गेटबाटै हतारहतार हस्ताक्षर गराए,केहि हुन्न भनेर पढ्न समेत पाइन, कमल भुसाल भनेर झुक्काइयो,मैले त निकोलस र कमल एउटै हो भन्ने समेत थाहा पाइन , पछि थाहा पाएपछि म साह्रै दुखी भएँ , म त अहिले म बुटवलबाहिर छु । ’‘मलाइ कसैको करियर सक्नु छैन,म त साेझाे मान्छे हुँ झुक्काए फसाए । तर म सबैका अगाडी सत्य कुरा बाेल्छु । - उनले टेलिफाेनमा भने  ।’ 



उनले आफूपनि एमालेकै कार्यकर्ता भएपनि निकोलसलाइ समर्थन गर्ने बताए । त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार भनिएका  विष्णु विक पनि एमालेकै स्थानीयस्तरका कार्यकर्ता भएको खुलेको छ । चुनावमा सवारीसाधन प्रयोग तथा अन्य सुविधाका लागि  स्वतन्त्र उम्मेदवारी दिन लगाइएको एमाले कै एक नेताले बताए ।त्यसैगरी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राजु गुरुङविरुद्ध उजुरी दिने अञ्जित विष्ट पनि एमालेकै कार्यकर्ता हुन् । गुरुङ अदातल गएका छन्।’ उम्मेदवारी खारेजी भएपछि पत्रकार सम्मेलनका लागि काठमाडाै पुगेका डा. कमल भुसाल (निकोलस) ले नागरिक अनलाइनसंग  भने - ‘मैले चुनाव जित्ने देखेपछि मलाइ नियोजित ढंगले हराउन यो सबै योजना बनाइएको हो,नेताहरु यति सम्म गिरेर रुप देखाउलान् भन्ने मैले सपनामा पनि सोचेको थिँएन , तर बास्तविक रुपमै मेरै निर्वाचन क्षेत्रमा भोग्नु पाएँ । 


विवादमा तानिए निर्वाचन अधिकृत उद्वीर नेपाली  :


रुपन्देही क्षेत्र न २ को निर्वाचन अधिकृत हुन्, उद्वीर नेपाली ।गुरुङ र  भुसालको उम्मेदवारी खारेज भएसँगै अधिकृत नेपाली विवादमा तानिएका छन् । केही उम्मेदवारसँग मिलेर भुसालको उम्मेदवारी खारेज गरेको आरोप अधिकृत नेपालीमाथि लागेको छ । निर्वाचन अधिकृत नेपालीको पृष्ठभूमी एमालेसँग जोडिएको छ । उनी अघिल्लो चुनावमा एमालेबाट गण्डकी प्रदेशको सांसद बनेकी जुनादेवी नेपालीका श्रीमान् हुन् । अधिकृत नेपाली राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको सचिव भएर समेत काम गरेका थिए । निर्वाचन अधिकृत नियुक्त हुनुअघि उनी सर्वोच्च अदालतमा कार्यरत थिए । निर्वाचन आयोग स्रोतका अनुसार, उनी राजनीतिक शक्ति लगाएरै रुपन्देही–२ को निर्वाचन अधिकृत भएका हुन् । रुपन्देही २– मा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल चुनावी मैदानमा जाेडताेडले लागेका छन् । नागरिक अनलाइन  बाट 





कमेन्ट गर्नुहोस्