लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राप्रपा सिद्धार्थनगर सभापति श्रेष्ठ कांग्रेस प्रवेश

IMG

तिलोत्तमा सिटी न्युज, असोज २८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सिद्धार्थनगर नगरपालिका नगर सभापति ई।चन्द्रभक्त श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गरेका छन् । शुक्रबार बिहान गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले उनलाई पार्टी सदस्यता प्रदान गरेका हुन् । रुपन्देही ३ को प्रतिनिधिसभामा सत्ता गठबन्धनका साझा उम्मेदवार खाणले श्रेष्ठको कांग्रेस प्रवेशले थप शक्ति बढेको बताए । उनी नेवा खलः सिद्धार्थ नगर समितिको उपाध्यक्ष पनि छन् । लुम्बिनी विकास कोषमा काम गरेका ई।श्रेष्ठ प्रकृतिक चिकित्सा विज्ञानमा समेत दखल राख्छन् ।उनलाई पार्टी प्रवेश गरेलगत्तै कांग्रेस रुपन्देहीको आमन्त्रित जिल्ला सदस्यमा नियुक्त गरेको जिल्ला सभापति रामकृष्ण खाणले बताए ।



कमेन्ट गर्नुहोस्