लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा न्याय माग्दै निकोलसका समर्थकहरु धर्नामा

IMG

तिलोत्तमा सिटी न्युज, असोज २८ गते । स्वतन्त्र उम्मेदवार डा.कमल भुसाल (निकोलस) का समर्थक र लौरो अभियानका समर्थकहरुले रुपन्देही क्षेत्र न २ कोे निर्वाचन अधिकृतकोे कार्यालय रहेकोे बुटवल उपमहानगरपालिकाकोे पुरानो भवनकोे गेटमा धर्नामा बसेका हुन् । सो धर्नामा निकोलसका बुबा तुलसीकुमार भुसाल,उनका दाजु सागर भुसाल लगायत (निकोलस) का समर्थक र लौरो अभियानका समर्थक बिभिन्न प्ले कार्ड प्रदर्शन गर्दै धर्नामा बसेका हुन् । उनीहरुले निर्वाचन अधिकृत हो की आदेश पालक,निर्वाचन आयोग जनताकोे उम्मेदवार खै,रातारात हस्ताक्षर चोरी राज्य संयन्त्रमा कहाँबाट आयो घुसखोरी ? लेखेका प्लेकार्ड प्रदशर्न गरिरहेका छन् । उनीहरुले निकोलसकोे  उम्मेदवारी कायम गर्न र आफ्ना उम्मेदवारलाई न्याय दिन अपिल समेत गरेका छन् ।


कमेन्ट गर्नुहोस्