लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही १(ख)का उम्मेदवार एमएस भन्छन : जित फेरी निश्चित छ !!

IMG

तिलोत्तमा, २०७९ असोज २७ गते। रुपन्देही क्षेत्र नं १ (ख)का नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार दधिराम न्यौपाने एमएसले २०७४ सालमा जिताएका जनता सत्यको पक्षमा रहेकाले यसपालिको चुनावमा पनि आफ्नो जित निश्चित भएको बताएका छन्। आफुले जितेपछि सो क्षेत्रमा जनताको पक्षमा धेरै काम गर्न पाएको बताउदै उनले शिक्षा स्वास्थ्य रोजगार र बिकास अनि समृद्धिको लागि दिनरात खटेर काम गरेको बताएका छन्।


आफु जीतको नजिक रहेको स्थानीयहरुले बताउने गरेका छन् । लामो समय निष्ठाको राजनीति गरेका इमान्दार, कुशल नेतृत्वकर्ता न्यौपानेको क्षमतालाई मध्यनजर गरेर यस क्षेत्रका जनताले विजयी बनाएर पठाउने उद्घोष गरेको तिलोत्तमा ११ का बेद गिरिले बताए । गिरिले भने “उहाँजस्तो टावर नेतृत्व अन्य दलका उम्मेदवारहरुमा नभएकाले उहाँको जित सुनिश्चित रहेको छ ।” नेपाली कांग्रेस र माओबादी संगै विभिन्न गठबन्धनबाट उम्मेदवारी दिएकाको जित्ने कुनै सम्भावना नरहेको बताएका छन् ।


दधिराम न्यौपाने एमएसको जितका लागि मधेसी, महिला, मुस्लिम, जनजाति र सबै जनताहरु एकजुट भएर उनको पक्षमा मतदान गर्न तयार रहेको समेत स्थानीयहरुले बताउने गरेका छन्।  दधिराम न्यौपाने एमएस रुपन्देहीमा मात्र हैन लुम्बिनी प्रदेश र नेपालमै स्वच्छ छवि विकासप्रेमी र शालीन नेताका रुपमा चिनिन्छन। 

कमेन्ट गर्नुहोस्