
तिलोत्तमा सिटी , २०७९असोज १३। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुपन्देहीले चुनाव केन्द्रित कार्यक्रमको तयारी गरेको छ । निर्वाचनको तयारी तीब्रताका साथ अघि बढेको उल्लेख गर्दै पार्टीका जिल्ला संयोजक निर्मल जिसीले यही असोज १५ गते शनिबार लुम्बिनीमा हुने पार्टी प्रबेश एबम जनसभालाई सम्बोधन गर्न पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुपन्देही आउने जानकारी दिनुभयो।
प्रचण्डले सम्बोधन गर्ने चुनावीसभामा उपस्थित हुन सबै जिल्ला समन्वय समिती,क्षेत्रीय समन्वय समिति,प्रदेश समन्वय समिती,नगर समिती तथा सबै पार्टी सदस्य एबम शुभेच्छुकहरुमा लुम्बिनी प्रदेश सचिबालय सदस्य तथा रुपन्देही जिल्ला सम्योजक निर्मल जिसिले आग्रह गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मङ्सिर ४ गते हुने चुनावको लागी शसक्त ढङ्गले अघि बढेको उल्लेख गर्दै संयोजक जिसीले पार्टीको गरिमामय पार्टी प्रबेश एबम जनसभामा उपस्थित हुन सबैलाई आग्रह गर्नुभयो। कार्यक्रम लुम्बिनी स्थित पडरिया बसपार्कमा हुने आयोजक जिल्ला समन्वय समितिले जनाएको छ।
कमेन्ट गर्नुहोस्