लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेकपा माओवादी केन्द्र रुपन्देही जिससको तेस्रो पुर्ण बैठक सम्पन्न

IMG

तिलोत्तमा सिटी न्युज, भदौ २७ गते २०७९। नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला समन्वय समितीको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । शनिबार सम्पन्न बैठकले केन्द्र र प्रदेशमा समानुपातिकका उमेदवारहरुको नाम सिफारिस गरेको छ ।


बैठकले केन्द्र तर्फ स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री हकि कुल्लाह खाँ, केन्द्रीय सदस्य सोनिया यादव, रियाज अहमद, निर्दोष अलि, सुजित वि.क. गरि पाँच जनाको नाम सिफारिस गरेको छ । त्यस्तै लुम्बिनी प्रदेशमा रिज्जु श्रेष्ठ, टीका वलि, धन कुमारी चौधरी, प्रमोद यादव, खुस्बु भण्डारी, काशिराम परियार, गुलाम अलि गरि सात जनालाई सिफारिस गरेको रुपन्देही जिल्ला समन्वय समितिका संयोजक नारायण जिसि (निर्मल) ले जानकारी दिनुभयो ।


स्थायी समिति सदस्य तथा रुपन्देही इन्चार्ज हकिकुल्लाह खाँ, पोलिटब्युरो सदस्य बामदेव क्षेत्री, प्रदेश सचिवालय सदस्य तथा रुपन्देही संयोजक नारायण जि.सि. (निर्मल) लगायतले बोल्नु भएको थियो । कार्यक्रम लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा रुपन्देही क्षेत्र नं ३ का इन्चार्ज तिर बहादुर रोका (डार्बिन)को संचालनमा सम्पन्न भएको थियो।

कमेन्ट गर्नुहोस्