लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही क्षेत्रनम्बर २ क मा एमालॆबाट ४ जना सिफारिस

IMG

तिलोत्तमा सिटी न्युज, भदौ १८ गते २०७९।  नेकपा एमाले रुपन्देही क्षेत्रनम्बर २ क मा एमालॆबाट ४ जना सिफारिस भएका छन्। आज प्रदेश सभा चयन सिफारिसमा नेकपा (एमाले) का पार्टी पोलिटब्युरो सदस्य एंव लुम्बिनी प्रदेशका सह-इन्चार्ज लिला गिरी, बुटवल उपमहानगरपालिकाका पुर्व मेयर शिवराज सुबेदी, कानुन ब्यबसायी खुमकान्त पौडेल र रास्ट्रीय युवा संघका केन्द्रिय उपाध्यक्ष समेत रहेका सुमन पुरी  उम्मेदवार सिफारिस भएका छन्।


आज सम्पन्न प्रदेश सभा निर्बाचन क्षेत्रीय समन्वय कमिटीको बिस्तारित बैठकबाट उनीहरु ४ जनाको नाम सिफारिस भएको हो। जिल्ला कमिटीका सदस्य तथा प्रदेश निर्बाचन क्षेत्रको आज सम्पन्न बैठकले मंसिर ४ गते हुने निर्बाचनमा रुपन्देही क्षेत्र न २ को १ अथवा क बाट ४ जनाको नाम सिफारिस गरिएको एमालेले जनाएको छ। गिरी २०७४ सालको निर्वाचनमा नेकपा एमाले तथा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार भई  सोही क्षेत्रबाट निर्वाचित भएका थिए।त्यसो त शिवराज सुबेदी बुटवलमा परिचित नाम हुन् भने खुमकान्त पौडेल केन्द्रिय निर्बाचन बिभाग सद्स्य तथा युवाहरुको बिच लोकप्रिय नेता हुन् भने सुमन पुरी बिद्यार्थी राजनीतिबाट युवा संघमा परिचित छन्।   

कमेन्ट गर्नुहोस्