लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पुन: क्षेत्रनम्बर-१ को "ख" मै एक्लो सिफारिसमा दधिराम न्यौपाने(एमएस)

IMG

तिलोत्तमा सिटी न्युज, भदौ १८ गते २०७९। नेकपा एमालेका केन्द्रिय सदस्य दधिराम न्यौपाने लुम्विनी प्रदेशसभा सदस्यका लागि एकल उम्मेदवार सिफारिस भएका छन्। आज सम्पन्न प्रदेश सभा निर्बाचन क्षेत्रीय समन्वय कमिटीको बिस्तारित बैठकबाट उनको मात्रै नाम सर्बसम्मत रुपमा सिफारिस भएको हो।जिल्ला कमिटीका सदस्य तथा प्रदेश निर्बाचन क्षेत्रका संयोजक हिमाल पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकले मंसिर ४ गते हुने निर्बाचनमा रुपन्देही क्षेत्र न १ को २ बाट न्यौपानेको मात्रै नाम सिफारिस गरिएको एमालेले जनाएको छ। न्यौपाने २०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार भई एमालेको समर्थनमा निर्वाचित भएका थिए।


नेकपालाई सर्वोच्च अदालतले एमाले र नेकपा माओवादी केन्द्र बनाई दिएपछि नेकपा एमालेमै बसेका न्यौपानेलाई माओवादी केन्द्रको संसदीय दललले प्रदेशसभा सदस्यबाट हटाउन पत्र लेखेपछि लुम्विनी प्रदेशका सभामुखले पदमुक्त गरेका थिए। चितवनामा सम्पन्न नेकपा (एमाले) को दशौंं महाधिवेशनबाट केन्द्रिय सदस्य निर्वाचित उनी पार्टी पोलिटब्युरो सदस्य एबंम लुम्बिनी प्रदेशका सह इन्चार्जको रुपमा जिम्मेवारी पाएका छन्।


त्यस्तै रुपन्देही क्षेत्र नम्बर १ (क) को प्रदेश सांसद पदका दावेदारहरु।

१)हिरा केवट

२)कविराम अर्याल

३)ऋषिराम सापकोटा 

४)कृष्ण पौडेल

५)प्रकाश अर्याल

६)टीका न्यौपाने

७)सुनिल कौशल 

८)नर सिंह चौधरी 

९)डा.कृष्ण न्यौपाने 

१०)भगवती चौधरी 

११) ओम प्रकाश न्यौपाने 

१२)बुद्धि सागर भट्टराई 

१३)घनश्याम भण्डारी

कमेन्ट गर्नुहोस्